लन्डन । नेपाली जनप्रगतिशील मञ्च बेलायतको रेडिङ क्षेत्रीय समिति गठन भएको छ । गत जुन १२ मा भएको भेलाले दिपक गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । उक्त कार्यसमितिमा उपाध्यक्ष तेन्जी पाख्रिन, सचिव विलास लामिछाने, सहसचिव रोशनमणी राई, कोषध्यक्ष भेष पुन र सह कोषाध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा गंगामाया गुरुङ, कमल गुरुङ, लालप्रसाद गुरुङ, गोबिन्दप्रसाद अर्मजा, शिव गुरुङ आदि चुनिए ।
नेपालको राजनैतिक परिवर्तनलाई बेलायतबाट सहयोग र समर्थन गर्दै आएको पुरानो र जुझारु संगठन प्रगतिशील नेपाली समाज बेलायतले हालै अधिवेशन मार्फत नाम परिवर्तन गर्दै नेपाली जनप्रगतिशील मञ्च बेलायत गठन गरे पश्चात क्षेत्रीय समिति गठन तीव्र बनाएको छ । बेलायतको विभिन्न ११ क्षेत्रीय समिति गठनलाई तीब्रता दिदै रेडिङ क्षेत्रीय समिति पुनर्गठन गरिएको हो ।
नयां कार्यसमितिको घोषणा तथा बधाई दिंदै नेपाली जनप्रगतिशील मञ्च बेलायतका अध्यक्ष सुरेश गौतमले क्षेत्रीय समितिलाई रेडिङ क्षेत्रमा भएका संघसंस्था तथा स्थानीय नेपालीको समस्यामा एकाकार भएर काम गर्न सुझाए । उनले प्रगतिशील विचार राख्ने जो कोही पनि संस्थाको सदस्य हुन सक्ने भएकाले परिवर्तनकारी सम्पूर्ण रेडिङवासीलाई संस्थाको झण्डामुनी गोलबन्द हुन आव्हान पनि गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बेलायतका अध्यक्ष रण केसी, भेला आयोजक समितिका सदस्य कर्ण शाही, सुरेन्द्र श्रेष्ठ, सुरेशजंग शाह लगायतले क्षेत्रीय समितिलाई वधाई एवं शुभकामना दिएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार