लन्डन । नेपाली जनप्रगतिशील मञ्च बेलायतको रेडिङ क्षेत्रीय समिति गठन भएको छ । गत जुन १२ मा भएको भेलाले दिपक गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । उक्त कार्यसमितिमा उपाध्यक्ष तेन्जी पाख्रिन, सचिव विलास लामिछाने, सहसचिव रोशनमणी राई, कोषध्यक्ष भेष पुन र सह कोषाध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा गंगामाया गुरुङ, कमल गुरुङ, लालप्रसाद गुरुङ, गोबिन्दप्रसाद अर्मजा, शिव गुरुङ आदि चुनिए ।
नेपालको राजनैतिक परिवर्तनलाई बेलायतबाट सहयोग र समर्थन गर्दै आएको पुरानो र जुझारु संगठन प्रगतिशील नेपाली समाज बेलायतले हालै अधिवेशन मार्फत नाम परिवर्तन गर्दै नेपाली जनप्रगतिशील मञ्च बेलायत गठन गरे पश्चात क्षेत्रीय समिति गठन तीव्र बनाएको छ । बेलायतको विभिन्न ११ क्षेत्रीय समिति गठनलाई तीब्रता दिदै रेडिङ क्षेत्रीय समिति पुनर्गठन गरिएको हो ।
नयां कार्यसमितिको घोषणा तथा बधाई दिंदै नेपाली जनप्रगतिशील मञ्च बेलायतका अध्यक्ष सुरेश गौतमले क्षेत्रीय समितिलाई रेडिङ क्षेत्रमा भएका संघसंस्था तथा स्थानीय नेपालीको समस्यामा एकाकार भएर काम गर्न सुझाए । उनले प्रगतिशील विचार राख्ने जो कोही पनि संस्थाको सदस्य हुन सक्ने भएकाले परिवर्तनकारी सम्पूर्ण रेडिङवासीलाई संस्थाको झण्डामुनी गोलबन्द हुन आव्हान पनि गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बेलायतका अध्यक्ष रण केसी, भेला आयोजक समितिका सदस्य कर्ण शाही, सुरेन्द्र श्रेष्ठ, सुरेशजंग शाह लगायतले क्षेत्रीय समितिलाई वधाई एवं शुभकामना दिएका थिए ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र