लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीको साधारणसभा आगामी २२ जुलाइमा हुने भएको छ । कम्युनिटीको कार्यसमिति बैठकले रसमुर कम्युनिटी सेन्टर, हल नम्बर ५ मा बिहान साढे ११ बजे साधारणसभा तय गरेको हो । उक्त साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्ने कम्युनिटी वरिष्ठ उपाध्यक्ष जीव बेल्वासेले जानकारी दिए । निर्वाचन सम्पन्न गर्न एकेन्द्र गुरुङको अध्यक्षतामा सह-अध्यक्ष मेजर कुल थापा, सचिव रोहित गुरुङ, सदस्य पदम राइ र रत्न राई रहने गरि निर्वाचन कमिटी गठन गरिएको छ ।
निर्वाचनमा भाग लिन १५ जुलाई, ५ बजेसम्म सदस्यता लिने समयसीमा तोकिएको छ । सदस्यता फाराम भरेर निम्न ठेगाना 14 Homelea Close, Farnborough Hants GU14 8HH मा पठाउन कम्युनिटीले आग्रह गरेको छ । कम्युनिटीले उक्त साधारण सभामा सहभागी भइ सफल पारिदिन समेत सबैमा आग्रह गरेको छ ।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने