काठमाडौँ, ३० जेठ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेबीच सहरी व्यवस्थापनबारे छलफल भएको छ ।
सोमबार भएको भेटका क्रममा कामनपाका प्रमुख विद्यासुन्दर शाक्यले विदेशमा बसेका नेपालीले काठमाडौँको समृद्धिका लागि लगानी गर्ने हो भने लगानीमैत्री नीति निर्माण सकिने बताउनुभएको छ ।
नेपालको राजधानी सहर काठमाडौँको व्यवस्थापनका लागि व्यावसायिक सहभागिता मात्र होइन सामाजिक उत्तरदायित्वका कोणबाट पनि सहभागिता जनाउन सकिन्छ, प्रमुख शाक्यले बताउनुभयो ।
काठमाडौँमा सम्पन्नता मात्र छ, यहाँ हुने मान्छे मात्र छन् भनेर सोच्नु हुँदैन, सहरभित्रै पनि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिकरुपमा उत्थान गर्नुपर्ने मानिस पनि छन्, भेटका क्रममा प्रमुख शाक्यको भनाइ थियो ।
“नेपालबाट विदेश पुगेका धेरै नेपालीले २०७२ सालको भूकम्पपछि आफ्नो भूमिलाई सम्झिएका छन् । धेरै लगानी पठाएका पनि छन् । यसरी केही गर्छु भन्नेलाई वातावरण दिनुपरयो”, सोमबार भएको भेटका क्रममा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले भन्नुभयो ।
आफूले काठमाडौँको समृद्धिका लागि देखिने काम गरिरहेको बताउँदै घलेले भन्नुभयो– यस प्रकारका ठूला परियोजना सञ्चालन गर्नेका लागि छुट्टै नीतिगत व्यवस्था गरिदिनु पर्छ । लागत, सहभागिता, गुणस्तरलगायतका पक्षबाट साना लगानीका परियोजना र ठूला लगानीका परियोजना छुट्टै हुन् ।
भेटकाक्रममा प्रमुख शाक्य र अध्यक्ष घलेबीच सहरी सुविधा तथा सहरी व्यवस्थापनमा सम्भावित लगानीका विषयमा कुराकानी भएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा