लन्डन । लेबर पार्टीको प्रतिनिधित्व गर्दै इलिङ साउथहलबाट चौंथोपटक सांसद बनेका बीरेन्द्र शर्मालाई यतिखेर बधाइको ओइरो छ । शर्माले गत बिहीबार सम्पन्न बेलायतको संसदीय निर्वाचनमा ३१ हजार ७ सय २० मत ल्याएर विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीका फाबियो कोन्टीले जम्मा ९ हजार ६३० मत ल्याएका थिए ।
शर्माको विजयले नेपाली समुदाय पनि प्रसन्न छ । भूपू गोर्खा र नेपाली समुदायसंग निकट मानिने शर्मालाई सामाजिक अभियन्ताहरुले घरै गएर बधाइ दिइरहेका छन् । सप्ताहन्त सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, समाजसेवी हरि केसी, रिटायर्ड पाइलट रत्न सागर श्रेष्ठले ढाका टोपी र खादाले सम्मान गर्दै बधाइ दिए ।
शर्माले आफ्नो जीतमा नेपाली समुदायको समेत भूमिका स्मरण गर्दै धन्यवाद दिएका थिए । उनले नेपाली समुदायलाई समेत बेलायतको मुलधार राजनीतिमा आउन सुझाव दिएका छन् ।
शर्मा अघिल्लो संसदमा सर्वदलीय संसदीय समितिको गोर्खा वेलफेयर अध्यक्ष थिए । नेपालीका प्राय कार्यक्रममा उपस्थित हुने उनले पटक पटक नेपाल भ्रमण समेत गरिसकेका छन् ।
बीरेन्द्र शर्मा पहिलो पटक सन् २००७, १९ जुलाइमा सांसद निर्वाचित भएका थिए ।
भारतीय मुलका शर्मा सन् १९६८ मा बेलायत आएका थिए । इलिङमा मेयरसहित २५ वर्ष काउन्सिलर भएका शर्मा शुरुमा हयान्बेल बस्थे र २०७ रुटको बसमा कन्डक्टरको काम गर्थे ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’