लन्डन । लन्डनको बन्टओक र त्यस वरिपरि बसोबास गर्ने नेपालीहरुले मिल्टन किन्सको प्रसिद्ध पर्यटकीय स्थल ‘विलेन लेक क्षेत्र’ मा शनिबार समर बार्बेक्यू आयोजना गरेका छन् । बन्टओक नेपाली समाजको आयोजनामा झण्डै दुईसय जनाले सपरिवार नाचगान र विभिन्न कार्यक्रम गरी रमाइलो गरे ।
उक्त अवसरमा समारोहका प्रमुख अतिथि तथा ब्रिटेनमा बिहीबार भएको आम निर्वाचनमा हेण्डन क्षेत्रबाट पुनर्निर्वाचित सांसद डा. म्याथू अफोर्ड तथा श्रीमती अफोर्डलाई बधाइ तथा सम्मान ज्ञापन गरियो । कार्यक्रममा बोल्दै सांसद अफोर्डले ब्रिटेनस्थित नेपाली समुदायले बेलायतको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत सबै क्षेत्रमा योगदान पुराइरहेको र आफूले त्यसको उच्च मूल्यांकन गरेको बताए । उनले भूतपूर्व गोर्खाहरुको समस्या समाधानकालागि विगतमा पनि आफूले संसदमा आवाज उठाएको र आगामी दिनमा पनि यो विषयमा लागिरहने विश्वास दिलाए ।
आउँदो सेप्टेम्बर महिनामा नेपाल भ्रमण गर्ने योजना बनाएको बताउँदै उनले उक्त भ्रमणमा दुई वर्ष अघि गएको विध्वंशात्मक भूकम्पपछि नेपालमा भएका पुनर्निर्माणका कामहरु हेर्ने आफ्नो इच्छा रहेको पनि जनाए ।
सो अवसरमा सांसद अफोर्डले समाजका पूर्व अध्यक्षहरु उदय गुरुङ, लक्ष्य गुरुङ, महासचिव मोहन गुरुङ, आमा समूहकी अध्यक्ष कमला गुरुङ लगायत अन्य व्यक्तित्वहरुलाई खादा लगाएर सम्मान गरेका थिए । समाजको आजीवन सदस्यता लिएका नयाँ सदस्यहरुलाई पनि प्रमाणपत्र दिइएको थियो । सोही अवसरमा समाजको तर्फबाट ब्रिटेनस्थित म्याकमिलन क्यान्सर सोसाइटीकालागि संकलन गरिएको पाउण्ड ६६९.७२ को चेक सांसद अफोर्डलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बार्नेट काउन्सिलका पूर्व मेयर ह्यू रेनर र श्रीमती रेनरलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमको शुरुमा समाजका अध्यक्ष रमेश गुरुङले सबै सहभागी तथा पाहुनाहरुलाई स्वागत गरेका थिए ।
बन्टओक नेपाली समाजले आफ्ना सदस्य र तिनका परिवारकालागि हरेक वर्ष गृष्मकालिन घुमघाम कार्यक्रम आयोजना गर्दै आएको छ ।
तस्विर सौजन्यः मीना थापा
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो