काठमाडौँ, २८ जेठ । सरकारले आगामी असार २४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै दललाई सहभागी बनाउन राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ संशोधन गर्न तयारी थालेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ ३० गते स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जानु हुने भएकाले उक्त भ्रमणलाई बैठकले स्वीकृति दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकको निमन्त्रणामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको जेनेभामा हुने १०६औँ अधिवेशनको सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न स्विट्जरल्यान्ड जान लाग्नुभएको हो ।
त्यस्तै, जापानका विभिन्न विश्वविद्यालयमा ‘जापान डेभलपमेन्ट स्टडिज’ अन्तर्गत अध्ययन गर्न जाने २० जना निजामती कर्मचारीलाई रु २६ करोड ५३ लाख बराबरको अनुदान सहयोग उपलब्ध गराउने स्वीकृति पनि बैठकले दिएको छ ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा