काठमाडौं। चलचित्र निर्देशक आलोक नेम्वाङ मृत अवस्थामा भेटिएका छन्।
नेम्वाङको शव काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्लास्थित आफ्नै अपार्टमेन्टमा बिहीबार साँझ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले नेम्वाङलाई भर्याङको रेलिङमा झुण्डिएको अवस्था भेटिएको बताएको छ । थप विवरण आउन बाँकी छ। अमेरिकाबाट सिनेमा र थियटर विषयमा अध्ययन गरेर फर्केका नेम्वाङले एक सयभन्दा बढी म्युजिक भिडियो र तीन वटा फिल्म निर्देशन गरेका छन्। उनले ‘सानो संसार’ र ‘केही मेरो’ फिल्म निर्देशन गरेका छन्। उनको निर्देशनको फिल्म ‘अझै पनि’ पोस्ट प्रोडक्सनको चरणमा छ । उनले लिम्वु भाषाको चलचित्र ‘नुमा फुङ’ मा अभिनय समेत गरेका थिए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ