काठमाडौं। चलचित्र निर्देशक आलोक नेम्वाङ मृत अवस्थामा भेटिएका छन्।
नेम्वाङको शव काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्लास्थित आफ्नै अपार्टमेन्टमा बिहीबार साँझ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले नेम्वाङलाई भर्याङको रेलिङमा झुण्डिएको अवस्था भेटिएको बताएको छ । थप विवरण आउन बाँकी छ। अमेरिकाबाट सिनेमा र थियटर विषयमा अध्ययन गरेर फर्केका नेम्वाङले एक सयभन्दा बढी म्युजिक भिडियो र तीन वटा फिल्म निर्देशन गरेका छन्। उनले ‘सानो संसार’ र ‘केही मेरो’ फिल्म निर्देशन गरेका छन्। उनको निर्देशनको फिल्म ‘अझै पनि’ पोस्ट प्रोडक्सनको चरणमा छ । उनले लिम्वु भाषाको चलचित्र ‘नुमा फुङ’ मा अभिनय समेत गरेका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने