लन्डन । बेलायतमा बिहिबार सम्पन्न संसदीय निर्वाचन परिणामले कुनै पनि पार्टीको स्पष्ट वहुमत नआएपछि गठबन्धन सरकार (हंग पार्लियामेन्ट) बन्ने निश्चित भएको छ । वर्तमान प्रधानमन्त्री टेरेजा मेको कन्जरभेटिभ पार्टी ३१८ सिट जितेर सबैभन्दा ठूलो पार्टी भएपनि उसले बहुमत ल्याउन सकेन । ६५० सांसद संख्या रहने बेलायती संसदमा बहुमत हुन ३२६ सिट आवश्यक पर्छ । प्रतिपक्षी लेबर पार्टीले २६२ सिट जित्न सफल भएको छ । बेलायतको तेस्रो ठूलो दल स्कटिस नेशनल पार्टीले ३५ सिट तथा लिबरल डेमोक्रेटिक पार्टीले १२ सिट जितेको छ । खसेको कुल मतको ४४ प्रतिशत कन्जरभेटिभ पार्टीको छ भने ४० प्रतिशत लेबर पार्टीले पाएको छ ।
सन् २०१५ को निर्वाचन भन्दा कन्जरभेटिभले यसपटक १३ सिट कम ल्याएको छ भने लेबोरले ३० सिट बढि ल्यायो । स्कटिस नेशनल पार्टीले २१ सिट गुमाएको छ । यसपटक नयां संसदका लागि पहिलोपटक सबैभन्दा बढि २०६ महिला उम्मेदवारले जितेका छन् ।
आफ्नो स्पष्ट बहुमत हुंदा हुंदै पनि ब्रेक्जिट (बेलायत ईयूबाट बहिगर्मन) प्रक्रियाका लागि अरु बलियो जनमत आवश्यक हुने बताउंदै प्रधानमन्त्री मेले समयभन्दा तीन वर्ष अगाडि नै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । प्रारम्भिक मत सर्वेक्षणहरुमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने आंकलन थियो । तर, बिपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बिनको लोकप्रिय घोषणापत्र तथा युवाहरुलाई आकर्षित गर्ने कार्यक्रमले प्रधानमन्त्री मेको अपेक्षित जितलाई विफल बनाइदिएको कतिपय विश्लेषकहरुको बुझाइ छ । बेलायतमा अढाइ महिनाबीचमा तीनवटा आतंककारी आक्रमण भएपछि शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्री मेको आलोचना भएको थियो । यस कारणले पनि मेको लोकप्रियता पछिल्लो समय घट्न गएको विश्लेषण गरिएको छ । प्रधानमन्त्री मेले पदावधि छंदै निर्वाचन आव्हान गरेका कारण पार्टीको यस्तो अवस्था आएको भन्दै आफ्नै दलबाट समेत मेको विरोध आएको छ ।
प्रधानमन्त्री मेले उत्तरी आयरल्याण्डमा रहेको डेमोक्रेटिक युनिअनिस्ट पार्टी (डियूपी) संग सहकार्य गरि सरकार बनाउने बताएकी छन् । डियूपीले जम्मा दश सिट मात्र जितेको छ । कानुनअनुसार, मेले नयां सरकार गठनका सन्दर्भमा अनुमति लिन बेलायती महारानीलाई शुक्रबार दिउसो भेटिन् । रानीसंग भेटपछि प्रधानमन्त्री कार्यालय अगाडि सम्वोधन गर्दै मेले देशमा स्थायित्व दिन आफूले सरकार गठन गर्ने बताइन् । उनले ब्रेक्जिट समयावधि यथावतै रहने बताए पनि आफ्नो योजना अनुरुप हार्ड ब्रेक्जिट गर्न सहज छैन् ।
तर, विपक्षी लेबोर नेता कोर्बिनले बर्तमान सरकारको नैतिक हार भएको बताउंदै मेको राजिनामासहित आफ्नो दोश्रो ठूलो पार्टीलाई अल्पमतको सरकार बनाउन दिनुपर्ने माग गरेका छन् ।
निर्वाचनमा सोचेअनुरुप परिणाम नआएपछि बेलायती राजनीति अस्थिर हुने अनुमानबीच पाउन्डको भाउमा गिरावट आएको छ ।
बेलायती राजनीतिले कुन मोड लिने हो र ब्रेक्जिट प्रक्रिया कसरी अगाडि बढ्ने हो सबैमा चासो छ ।
नेपाली मुलका कैनी पराजित
बेलायतको संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनीले पराजय भोगेका छन् । लेबोर पार्टीका तर्फबाट डार्टफोर्ड क्षेत्रमा उठेका कैनीले १८ हजार २४ मत ल्याए भने उनका प्रतिष्पर्धी कन्भरभेटिभ पार्टीका उम्मेदवार ग्यारेथ जोन्सनले ३१ हजार २१० मत ल्याएर जित हासिल गरे । कुल खसेको मतको ५७ दशमलव ६ प्रतिशत ल्याएर ग्यारेथ विजयी भएका हुन् । डार्टफोर्ड क्षेत्रमा अहिले चुनाव हारेपनि आशा नमरेको र भविष्यमा लेबोरको समर्थन जुटाउन नियमित लागिरहने कैनीले बताएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]