लन्डन, २६ जेठ । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने भएको छ । जसका कारण यहाँको राजनीतिक अस्थिरता थप बढ्नसक्ने बताइएको छ ।
यी परिणामहरु सार्वजनिक भएसँगै सत्तारुढ दलको यो अवस्था हुनुमा प्रधानमन्त्री टेरेजा मेको चर्काे आलोचना पनि सुरु भएको छ ।
निर्वाचनको परिणाम शुक्रबार बिहानसम्म अधिकांश रुपमा आइसकेको छ । नतिजा सार्वजनिक हुन थोरै मात्र बाँकी रहेकोले अब सत्तारुढ दलले स्पष्ट रुपमा बहुमत आर्जन गर्ने सम्भावना घटेको देखिएको छ ।
यससँगै प्रधानमन्त्री मेले आफ्नो पदबाट राजिनामा दिनुपर्ने आवाजहरु पनि चर्काेगरी बाहिर आएका छन् । उहाँले समय नपुग्दै निर्वाचनको आह्वान गरेका कारण पार्टीको यस्तो अवस्था आएको भन्दै प्रधानमन्त्री मेको दलबाट नै यस्तो विरोध आएको बताइएको छ ।
प्रधानमन्त्रीको दलको यो अवस्थासँगै उहाँको पुरानो एजेण्डका रुपमा रहेको युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको विषय पनि अन्योलमा पर्ने सम्भावना देखिएको छ ।
६५० सिटमध्ये शुक्रबार बिहानसम्ममा प्रधानमन्त्रीको दल कन्जरभेटिभले ३१८ स्थानमात्र हात पारेको छ । त्यस्तै विपक्षी लेबर पार्टीले २६१ स्थानमा विजय हासिल गरेको बताइएको छ ।
प्रधानमन्त्री मेलाई निर्वाचनको समय नपुग्दै अर्थात करिब तीन बर्षअगावै मध्यावधि निर्वाचनको आह्वान गरेकोमा यसअघि नै चर्काे मात्रामा आलोचना भएको थियो ।
निर्वाचनमा मुलत बेलायती प्रधानमन्त्री टेरेजा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनको बीचमा प्रतिश्पर्धा हुने देखिएको बताइएको थियो । तर पनि निर्वाचनका सर्वेक्षणहरुले पछिल्लो समयमा प्रधानमन्त्रीको आलोचना बढेको र निर्वाचनमा पराजय हुनपनि सक्ने देखाएका थिए ।
तर पनि निर्वाचनको धेरै अघि अथवा लन्डनमा पछिल्लो पटक भएको आतङ्ककारी हमलाभन्दा अघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिन्थ्यो । तर पनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ ।
त्यसैगरी केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो मात्रामा रहेको र यसले पनि यस निर्वाचनमा सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएको थियो ।
बेलायतमा निरन्तर रुपमा भइरहेको आतङ्ककारी हमलाका कारण प्रधानमन्त्री मेको निकै आलोचना भएको छ । पछिल्लो समय गतहप्ता मात्र पनि बेलायतमा यस्तै हमला भएको थियो ।
शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । सोही कारणले गर्दा पनि उहाँको लोकप्रियता पछिल्लो समयमा घट्दा निर्वाचन परिणाम पनि त्यस्तै प्रकृतिको आउनसक्ने अनुमान गरिएको थियो ।
तर लेबर पार्टीका नेताको पक्षमा मात्र पनि यो परिणाम जानसक्ने अवस्था नदेखिएको बताइएको छ । विपक्षी लेबर पार्टीले पनि स्पष्ट बहुमत हासिल गर्न नसक्ने र संयुक्त सरकार निर्माणको अवस्था आउन सक्ने अधिकारीहरुको पूर्वानुमान छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार