
लन्डन । दुई च्यारिटेबल संस्था आम्ड फोर्सेस च्यारिटी एसएसएएफए र द हेल्प नेपाल अपिलको सहयोगार्थ बेलायतको ननिटनमा एक दौड आयोजना गरिएको छ । गत ४ जुनमा सेन्डन पार्क वेडिङटनमा आयोजित उक्त दौड ‘रन फर नेपाल’ मा १८६ जनाले अन्तिम लाइन पार गरे ।
५ के क्याटेगोरीमा पुरुषतर्फ सबैभन्दा छिटो दौडनेमा सन्तोष राई र महिलातर्फ मिस ओलिभिया बेली भए भने टेन के क्याटेगोरीमा पुरुषतर्फ मनिष कुंवर र महिलातर्फ रन्जु इन्जाम अग्रस्थानमा आए । त्यसैगरि, सबैभन्दा कम उमेर धावकमा जेन सिं लामा (५ के), ज्येष्ठ नागरिकमा लेस ब्लास्टन (५ के) साथै वीनिङ कपल ५ केमा विनोद तथा रुक्मणी घिमिरे र १० के मा चैतन्य र रन्जु इन्जाम घोषित भए । विजेतालाई मेडल प्रदान गरिएको थियो ।
सन् २०१४ देखि थालनी गरिएको रन फर नेपालको मुख्य उद्देश्य च्यारिटीसहित ‘स्वस्थ्य नागरिक, समृद्ध नेपाल’ भन्ने सन्देश फैलाउनु रहेको आयोजक नेपलिज कम्युनिटी ननिटनले जनाएको छ । नेपलिज कम्युनिटी ननिटनका महासचिव विनोद श्रेष्ठका अनुसार उक्त च्यारिटी दौडबाट १०१६ पाउण्ड संकलन भएको छ, जुन दुई संस्थालाई प्रदान गरिनेछ ।
उक्त इभेन्टमा ननिटन एण्ड बेडवर्थ काउन्सिलका डेपुटी मेयर काउन्सिलर क्रिस वाटकीन्स र श्रीमति कोलेट वाटकीन्स्, एसएसएएफए कोभेन्ट्री एण्ड वारवीकसायर सचिव केभिन बोम्यान, संस्थापक निर्देशक मिस जोडी डोन्टजी र कलाकार मिलन राई समेतको विशेष उपस्थिति थियो ।
उक्त अवसरमा दौड अलवा फोटो प्रदर्शनी, राफल ड्र, बीबीक्यू, लाइभ कुकिङ, केक स्टल, निशुल्क खानपिन आदि समावेश गरिए । निशुल्क खानपिन सिख युनियन कोभेन्ट्रीले उपलव्ध गराएको हो ।
आयोजक नेपलिज कम्युनिटी ननिटनले कार्यक्रममा सघाउने ननिटन एण्ड बेडवर्थ बरो काउन्सिल, सिख युनियन कोभेन्ट्री, ननिटन म्याक डोनाल्ड फ्रेन्चाइज, भेटेरान्स कन्ट्याक्ट पोइन्ट, भिम सारु इमेज, क्वीन्स् गोर्खा सिग्नल्स्, धन फोटोग्राफी, ननिटन मेमोरिज, सलाद मास्टर यूके, कोस्मो कोभेन्ट्री, जिन्जर ट्री, रेमिट एसिया, शुभकामना नेपाली पसल लगायत सबै प्रायोजकप्रति आभार व्यक्त गरेको छ ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा