लन्डन, २४ जेठ । बेलायत प्रहरीले लन्डन ब्रिजमा आक्रमणको आरोपमा बुधबार थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३० वर्षीय युवकलाई पक्राउ गरेको जनाइएको छ । पूर्वी लन्डनको इल्फोर्ड उपनगरमा ती व्यक्तिलाई पक्राउ गरिएको हो । लन्डनका दुई स्थानमा गत शनिबार राती भएको आक्रमणमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४८ जना घाइते भएका थिए ।
आक्रमणको इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको थियो । आक्रमणको आरोपमा हालसम्म अन्य १२ व्यक्ति पक्राउ परी सकेका छन् ।
लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले बार र रेष्टुरेन्टमा जथाभावी छुरा प्रहार गरेका थिए ।
बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै बेलायतकै लन्डन ब्रिज नजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप नै भयभीत भएको थियो ।
मारिनेमा थप एक फ्रान्सेली
यसैबीच लन्डनमा भएको हमलामा परी मारिनेमा अर्का एकजना फ्रेन्च पनि परेका छन् । फ्रान्सेली विदेशमन्त्री जिन एभ्स लि ड्रियनले सो बारेमा जानकारी दिनुभएको छ । ‘यस घटनाले मलाई निकै नै दुःख लागेको छ’, उहाँले बुधबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ ।
लन्डनमा ब्रिजमा भएको हमलमा परी यसअघि नै एकजना फ्रान्सेली नागरिकको ज्यान गएको थियो ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र