काठमाडौँ, २२ जेठ । निर्वाचन आयोगले दोश्रो चरणअन्तर्गत आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका दिन नेपालस्थित विदेशी कुटनीतिक नियोगका सदस्यलाई मुलुकका आठ सहरमा अवलोकन भ्रमण गराउने भएको छ ।
कुटनीतिक नियोगका सदस्यलाई प्रत्येक सहरका १२ देखि १५ मतदानस्थलमा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
कुटनीतिक नियोगका प्रमुख एवम प्रतिनिधिलाई प्रदेश नम्वर १ मा विराटनगर र धनकुटा, प्रदेश नम्बर २ मा जनकपुर र बर्दिबास, प्रदेश नम्बर ५ मा भैरहवा र पाल्पा तथा प्रदेश नम्बर ७ मा धनगढी र डडेलधुरामा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।
सो दिन अवलोकन गर्न चाहने कुटनीतिक नियोगका सदस्यका लागि आवश्यक सवारी साधनको व्यवस्था सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट तथा अवलोकन गराउने मतदानस्थलको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीले टुङगो लगाउने छन् ।
आयोगले वैशाख ३१ मा सम्पन्न भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका १२ वटा कुटनीतिक नियोगका सदस्यलाई काठमाडाँै उपत्यकामा मात्रै अध्ययन भ्रमणका लागि अनुमति दिएको थियो ।
सो क्रममा नेपालस्थित अस्ट्रेलिया, थाइल्यान्ड, फिनल्यान्ड, म्यानमार, पाकिस्तान, जापान, फ्रान्स, इजरायल, कोरिया, चीन, बङ्गलादेश र भारतीय राजदूतावासका प्रमुख एव्म प्रतिनिधिलाई निर्वाचनको अध्ययन भ्रमण गर्ने व्यवस्था मिलाएको थियो ।
पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन मुलुकका तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा भएको थियो । उक्त निर्वाचनमा ७४ प्रतिशत मतदाता सहभागी भएका थिए ।
दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्लाका ४६१ स्थानीय तहमा आगामी असार १४ गते बुधवार विहान ७ देखि अपरान्ह ५ बजेसम्म हुने छ । उक्त निर्वाचनका लागि ९० लाख ९७ हजार ५५७ मतदाता रहेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा