
संयुक्त राष्ट्रसङ्घ, २२ जेठ । मध्य लन्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेर्रेस्ले आइतबार कडा शब्दमा निन्दा गर्नुभएको छ ।
उहाँले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई समवेदना व्यक्त गर्नुको साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको महासचिवका प्रवक्ता स्टेफान डुजार्रिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आतङ्कवाद, हिंसा र अतिवादविरुद्ध लड्नको आफू बेलायती सरकार र जनताको साथमा रहेको पनि जारी विज्ञप्तिमा जनाइएको छ ।
बेलायती सञ्चार माध्यमहरुले आइतबार यस आक्रमणको इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको समाचार सम्प्रेषण गरेको थियो ।
बेलायती प्रहरीले यस आक्रमणमा संलग्नता रहेको आशङ्कामा १२ व्यक्तिलाई पक्राउ गरेका छन् ।
लन्डनमा गत जुन ३ मा भएको यस आतङ्ककारी आक्रमणमा परी सातको मृत्यु हुनुको साथै अन्य ४८ घाइते भएका छन् । घाइते भएका ती ४८ मध्ये २१ को अवस्था गम्भीर रहेको बताइएको छ ।
लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले जथाभावी रुपमा छुरा प्रहार गरेको यस दुईवटा आतङ्ककारी घटना भएको थियो ।
यस घटनामा संलग्न भएका तीनजना संदिग्ध हमलाकारी प्रहरीले हानेको गोलीबाट मारिएका थिए । प्रहरीको गोलीबाट मारिने ती हमलाकारीको पहिचान प्रहरीलाई थाहा भएको जानकारी लन्डन प्रहरीले दिएको छ ।
गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०:३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको साथै दर्जनौँ व्यक्ति घाइते भएका घटनाको दुई हप्ता बित्न नपाउँदै पुनः यो आक्रमण भएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]