
नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्तापछि प्रस्तावक प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समर्थकका साथमा । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २१ जेठ । व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ ।
राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ ।
पार्टी संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिनुभयो । व्यवस्थापिका–संसद्मा सो दलबाट ३७ सांसदले प्रतिनिधित्व गर्नुभएको छ ।
सङ्घीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ ।
उक्त दलको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री निर्वाचनमा देउवाको पक्षमा मतदान निर्णय गरेको हो । सभापति देउवाले सरकार गठनपछि संविधान संशोधनलगायत विषयलाई समाधान गर्ने प्रतिबद्धता जनाएकाले आफ्नो दलले समर्थन गर्ने निर्णय गरेको समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
“हाम्रा मुद्दालाई समाधान गर्ने प्रतिबद्धताअनुसार मुलुकको ४० औँ प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवालाई मतदान गर्ने निर्णय गरेका छौँ, सरकारमा सहभागिता जनाउनेबारे परिस्थिति हेरेर उचित समयमा निर्णय गरिन्छ”,उहाँले भन्नुभयो । फोरमसँग हाल व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १५ सांसद हुनुहुन्छ ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]