भक्तपुर, २० जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार हुने प्रधानमन्त्री निर्वाचन र समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ ।
ओली निवास बालकोट, भक्तपुरमा आज साँझ भएको झन्डै दुई घन्टा लामो छलफलमा काँग्रेस सभापति देउवाले आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनमा सघाउन अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।
बैठकमा सहभागी काँग्रेस नेता विमलेन्द्र निधिकाअनुसार सभापति देउवाले निरन्तरको संसदीय अवरोधलाई हटाएर सहयोग गर्न आग्रह गर्नुभएको थियो । देउवाको प्रस्तावप्रति अध्यक्ष ओलीले प्रधानमन्त्रीको निर्वाचन संसदीय प्रक्रियाभन्दा बाहिरबाट भएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने जवाफ दिनुभएको थियो ।
सो अवसरमा अध्यक्ष ओलीले भरतपुर महानगरपालिकामा पुनःनिर्वाचन गर्नेभन्दा पनि पुनःमतगणना हुनुपर्ने थियो भन्दै उक्त विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले जानकारी दिनुभयो ।
जवाफमा काँग्रेस सभापति देउवाले भरतपुरको पुनःनिर्वाचनलाई प्रधानमन्त्रीको निर्वाचनसंग जोडेर हेर्न नमिल्ने भन्दै दुई निर्वाचन फरक–फरक पाटो भएको र भरतपुरको पुनःनिर्वाचनका विषयमा आफू र आफ्नो पार्टीको संलग्नता नभएको उल्लेख गर्नुभएको निधिले बताउनुभयो ।
सभापति देउवालाई उद्धृत गर्दै उहाँले प्रधानमन्त्रीको निर्वाचनलाई प्राथमिकतामा राखेर सहयोग गर्न आग्रह गर्नुभएको बताउनुभयो । त्यस्तै, एमाले अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले प्रधानमन्त्रीको निर्वाचन संसद् प्रक्रियाभन्दा बाहिरबाट भएकाले समर्थन गर्न नसक्ने बताउनुभएको जानकारी दिनुभयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित