काठमाडौँ, १७ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ ।
सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।
निर्वाचन हुन बाँकी प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा आगामी असार २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयानुसार आयोगले जेठ १९ देखि सुरु हुने गरी तालिका प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णयानुसार असार २ गतेदेखि सुरु हुने नयाँ निर्वाचन तालिका प्रकाशन गरिएको हो ।
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]