काठमाडौँ, १७ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ ।
सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।
निर्वाचन हुन बाँकी प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा आगामी असार २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयानुसार आयोगले जेठ १९ देखि सुरु हुने गरी तालिका प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णयानुसार असार २ गतेदेखि सुरु हुने नयाँ निर्वाचन तालिका प्रकाशन गरिएको हो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता