
काठमाडौँ महानगरपालिकाले बुधबार आयोजना गरेको प्रमाणपत्र वितरण एवम् सपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित विद्यासुन्दर शाक्यलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ ।
महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदय अगावै विर्सजन गर्ने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । कामपाका प्रमुख शाक्यका अनुसार काठमाडौँ महानगरको सरकारी कामकाजको भाषाका रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गर्ने निर्णय गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घमा नेपालको पहिचानका रुपमा सूचीकृत भएको रञ्जना लिपीलाई समेत कामपाको सबै वडा कार्यालयको बोर्ड र ‘लेटर प्याड’मा प्रयोग गरिने भएको छ ।
दुई वर्ष अघिको भूकम्पबाट पीडित महानगरवासीलाई निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निःशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुटको व्यवस्था गरिने महानगरले निर्णय गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरघरमै चिकित्सक पठाइने र काठमाडौँ महानगरमा स्थान पहिचान गरी आवश्यक सङ्ख्यामा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय पनि गरिएको छ ।
महानगरलाई २४ घण्टा खुला जीवन्त सहरका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने पनि प्रमुख शाक्यले जानकारी दिनुभयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा