काठमाडौँ, १६ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आज बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाउनुभएका पाइलट महासेनानी कैलाश गुरुङ र शनिबार सोलुखुम्बुका लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सो चिन्ता व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।
उपराष्ट्रपतिले हवाई दुर्घटनामा ज्यान गुमाउनुभएका शोकाकुल परिवारजनमा गहिरो समवेदना र दुवै दुर्घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले नेपाली हवाई यात्रालाई सुरक्षित बनाउनेतर्फ ध्यान दिन सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।
विमान दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसले बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको एनए ४८ स्काई प्लग जहाज आज दुर्घटनामा परी विमान चालकको मृत्यु र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले घटनामा परी दिवङ्गत हुनुभएका विमान चालक कैलाश गुरुङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको काँग्रेस पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।
साथै काँग्रेसले दाङ लमही निवासी पार्टीका क्रियाशील सदस्य, साहित्यकार एवम् पत्रकार मेदिनीकुमार केवल ‘तिवारी’ को निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
दार्जिलिङ र सिक्किममा आयोजना हुन लागेको साहित्यसम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा शनिबार उहाँको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । स्व केवलले नेपाली जनसम्पर्क समिति भारतको विभिन्न पदमा रहेर कार्य समेत गर्नु भएको थियो । नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय केवलले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित