
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा दशौं गणतन्त्र दिवसका अवसरमा आयोजित चियापान समारोहमा शुमकामना आदानप्रदान गर्दै कलाकारहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गर्नुभयो ।
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको चियापान समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगर उपस्थिति हुनुहुन्थ्यो ।
सो समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई उपस्थित हुनुहुन्थ्यो ।
साथै, उक्त समारोहमा मन्त्रीगण, पूर्व प्रधानन्यायाधीश, न्यायाधीशहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरु, व्यवसायीहरु, कलाकार, उद्योगपति, कानुन व्यवसायी, पत्रकारहरुको उपस्थिति थियो ।
गणतन्त्र दिवस जेठ १५ का अवसरमा चियापानको आयोजना गर्ने भएता पनि नेपालको संविधानअनुसार जेठ १५ मा नै बजेट प्रस्तुत गर्नुपर्ने भएको हुँदा आज नै सो समारोहको आयोजना गरिएको बताइएको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत