
लण्डन । गोरखाहरुले पाइरहेको पेन्सनका बारेमा जानकारी पाउन बेलायतका एक सांसदले बेलायती रक्षा मन्त्रीलाई पत्राचार गरेका छन् ।
हाल्टन निर्वाचन क्षेत्रबाट निर्वाचित विपक्षी लेबोर पार्टीका सांसद डेरेक ट्वीगले रक्षा मन्त्री माइकल फालोनलाई लिखित जवाफका लागि पत्राचार गरेको स्थानीय रोनकोर्न एण्ड वाइन विक्ली न्युजले जनाएको छ ।
२७ अक्टोबरमा लेखिएको पत्रमा सन् १९९७ जुलाई १ पछि सेवानिवृत्त भउका गोरखाहरुका बारेमा रक्षा मन्त्रालयसित के जानकारी छ ? कतिले आर्म्ड फोर्सेस पेन्सन स्किममा पेन्सन स्थानान्तरण गरे र कति गोरखा पेन्सन स्किममै रहेर कम सुविधा लिइरहेका छन् भन्ने लगायतका जिज्ञासा समावेश छन् ।
ट्वीगको पत्रका बारेमा प्रतिक्रिया दिादै सत्तारुढ कञ्जरभेटिभ पार्टीकी सांसद तथा रक्षा राज्यमन्त्री आना सोब्रीले भने रक्षा मन्त्रालयले तोकिएको समयभित्र जवाफ दिन सम्भव नरहेको संकेत दिएको बताइन् ।
‘जवाफ तयार गरिादै छ सकिनासाथ उपलब्ध गराइने छ’ सांसद सोब्रीले भनिन् ।
ट्वीग लेबोर सत्तामा रहादा रक्षा राज्यमन्त्री रहेका थिए । उनले गोरखाहरुलाई बेलायतको आवासीय अधिकार दिने सम्बन्धी विषयमा संसदमा मतदान हुादा विपक्षमा मतदान गरेका थिए । उनी गोरखाहरुप्रति अनुदार मानिन्छन् ।
सन् १९९७ जुलाई १ पछि सेवा निवृत्त गोरखाहरुलाई बेलायतले पेन्सन आम्र्ड फोर्सेस पेन्सनमा सार्ने कि गोरखा पेन्सन स्किममै राख्ने भन्ने दुई वटा विकल्प दिएको थियो ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा