
लण्डन । गोरखाहरुले पाइरहेको पेन्सनका बारेमा जानकारी पाउन बेलायतका एक सांसदले बेलायती रक्षा मन्त्रीलाई पत्राचार गरेका छन् ।
हाल्टन निर्वाचन क्षेत्रबाट निर्वाचित विपक्षी लेबोर पार्टीका सांसद डेरेक ट्वीगले रक्षा मन्त्री माइकल फालोनलाई लिखित जवाफका लागि पत्राचार गरेको स्थानीय रोनकोर्न एण्ड वाइन विक्ली न्युजले जनाएको छ ।
२७ अक्टोबरमा लेखिएको पत्रमा सन् १९९७ जुलाई १ पछि सेवानिवृत्त भउका गोरखाहरुका बारेमा रक्षा मन्त्रालयसित के जानकारी छ ? कतिले आर्म्ड फोर्सेस पेन्सन स्किममा पेन्सन स्थानान्तरण गरे र कति गोरखा पेन्सन स्किममै रहेर कम सुविधा लिइरहेका छन् भन्ने लगायतका जिज्ञासा समावेश छन् ।
ट्वीगको पत्रका बारेमा प्रतिक्रिया दिादै सत्तारुढ कञ्जरभेटिभ पार्टीकी सांसद तथा रक्षा राज्यमन्त्री आना सोब्रीले भने रक्षा मन्त्रालयले तोकिएको समयभित्र जवाफ दिन सम्भव नरहेको संकेत दिएको बताइन् ।
‘जवाफ तयार गरिादै छ सकिनासाथ उपलब्ध गराइने छ’ सांसद सोब्रीले भनिन् ।
ट्वीग लेबोर सत्तामा रहादा रक्षा राज्यमन्त्री रहेका थिए । उनले गोरखाहरुलाई बेलायतको आवासीय अधिकार दिने सम्बन्धी विषयमा संसदमा मतदान हुादा विपक्षमा मतदान गरेका थिए । उनी गोरखाहरुप्रति अनुदार मानिन्छन् ।
सन् १९९७ जुलाई १ पछि सेवा निवृत्त गोरखाहरुलाई बेलायतले पेन्सन आम्र्ड फोर्सेस पेन्सनमा सार्ने कि गोरखा पेन्सन स्किममै राख्ने भन्ने दुई वटा विकल्प दिएको थियो ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन