
पोखरा–लेखनाथ महानगरपालिकाको अमरसिंहको चौरमा शनिबार आयोजित विजयोत्सव समारोहमा सहभागीहरु । तस्बिर ः हरि वास्तोला, पोखरा, रासस
पोखरा, १३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढ्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा आज पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म सहमतिको वातावरणको विकल्प नभएको धारणा राख्नुभयो ।
देशबाट गरिबी र पछौटेपन हटाउने, रोजगारीका अवसर सिर्जना गर्ने, जनतालाई समृद्धशाली र सुखी बनाउने सबैको एकमात्र लक्ष्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सहमतिको वातावरण बने पनि एमालेले नेतृत्वको दाबी नगर्ने जिकिर गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राज्यको गहन दायित्वलाई मनन गरी राष्ट्रिय जनता पार्टीलाई सधैँभरि निहुँ नखोजी निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । निर्वाचनपछि पनि जायज माग भए छलफल गरेर सम्बोधन गर्न सकिने उहाँको भनाइ थियो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार पोखरा–लेखनाथ महानगरपालिकाको अमरसिंहको चौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै । तस्बिर ः हरि वास्तोला, पोखरा, रासस
एमालेविरुद्ध चारैतिरबाट घेराबन्दी गरिए पनि आमनेपाली जनताले एमालेप्रति विश्वास गरेर विजयी गराएका र निर्वाचित जनप्रतिनिधिले जनताको विश्वास र भरोसालाई मनन गरी इमान्दारीका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पोखरा–लेखनाथ महानगरलाई भ्रष्टाचारमुक्त र आधुनिक सहर बनाउने गरी काम गर्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित महानगर प्रमुख मानबहादुर जिसीले महानगरवासीले विश्वासका साथ सुम्पेको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्ने प्रण गर्नुभयो । तीन वर्षभित्र महानगरका सबै वडामा कालोपत्रे, खानेपानीको व्यवस्था गर्ने बताउँदै उहाँले महानगरमा निर्वाचित भएपछि अब आफू सबैको साझा भएकाले सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समेटेरअघि बढ्ने धारणा राख्नुभयो ।
नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरलाई सफा, सुन्दर र समृद्ध बनाउन सबैसँग एकताबद्ध भएर अघि बढ्ने विचार व्यक्त गर्नुभयो । पूर्व मन्त्रीद्वय खगराज अधिकारी र किरण गुरुङले पार्टी एकढिक्का भएर अघि बढेकाले नै एमालेलाई सफलता मिलेको बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता