
दुर्घटना ग्रस्त गोमा एअरको कार्गो विमान । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थलमा अवतरण गर्ने क्रममा सल्लाको रुखमा ठोकिएर भएको उक्त दुर्घटनामा विमान चालक (क्याप्टेन)पारस राईको मृत्यु तथा सहचालक सृजन मानन्धर र परिचारिका प्रज्ञा महर्जन गम्भिर घाइते । तस्बिर सौजन्य ः पत्रकार बिक्रम श्रेष्ठ,रासस
सोलुखुम्बु, १३ जेठ । आज दिउँसो सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल नजिक भएको गोमा एयरको विमान दुर्घटनामा घाइते भएका विमान चालक पारसकुमार राईको मृत्यु भएको छ ।
विमानबाट उद्धार गरी लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचारका क्रममा विमानका क्याप्टेन राईको ज्यान गएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सहचालक सृजन मानन्धर र परिचारिका प्रज्ञा महर्जनको अवस्था गम्भीर रहेको छ । उनीहरुको लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचार भइरहेको छ ।
मौसम खराबीका कारण उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजान नसकिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।
गोमा एयरको नाइन एन एक के वाई कलसाइन भएको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा सल्लाको रुखमा ठोक्किएर पाखामा खसेको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता