
काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जम्मा ३२ वडामध्ये हालसम्म ३१ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब १६ नं वडाको मात्र गणना बाँकी छ ।
प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ६२ हजार १२५ मत प्राप्त गर्नुभएको छ । योसँगै शाक्यको जित सुनिश्चित प्रायः भएको छ ।
त्यसैगरी, नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार ९१० प्राप्त गर्नुभएको छ । विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार ५३९ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका किशोर थापाले १७ हजार ८४४ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार ४६९ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी, उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रतासँगै जित सुनिश्चित प्रायः छ । उहाँले हालसम्ममा ५६ हजार ३९६, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार ५३८, साझा पार्टीकी निरुपमा यादवले ११ हजार ६४ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ८०३ मत प्राप्त गर्नु भएको छ ।
मतगणना अन्तिम चरणमा रहेकाले आज राति नै अन्तिम परिणाम आइसक्ने काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबीच, महानगरको १४ नं वडामा एमालेको समूह विजयी भएको छ । भर्खरै घोषणा भएको अन्तिम मत परिणामअनुसार अध्यक्षमा शोभा सापकोटाले तीन हजार ८०७ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा रम्मी खड्काले चार हजार ३१५, दलित सदस्यमा उर्मिला सेन्चुरीले चार हजार नौ र खुलातर्फ विनोद थापाले तीन हजार ८१६ र वसन्त महर्जनले तीन हजार ६६३ मत प्राप्त गर्नुभएको छ ।
बत्तिसवटा वडामध्ये १८ वटा वडामा एमाले र १३ वटा वडामा काँग्रेस विजयी भएका छन् ।
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो