चितवन, १३ जेठ । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ ।
भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र अर्धकट्टीसहित भेटिएको थियो । फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो ।
पछिल्लो मतगणनामा नेकपा (एमाले)का देवीप्रसाद ज्ञवाली अगाडि हुनुहुन्छ । उहाँले ३७ हजार एक सय १८ र नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले ३५ हजार पाँच सय १८ मत प्राप्त गर्नुभएको छ । महानगरका पाँच वटा वडा मतगणना गर्न बाँकी छ । हालसम्म १३ वटा वडामा एमाले, सात वटा वडामा नेपाली काँग्रेस र तीन वटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने