
काठमाडौँ, १२ जेठ । नेकपा एमालेको आजको स्थायी समितिको बैठकले स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नं ५ अन्तर्गतका चार उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवार तय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा सम्पन्न बैठकले बुटवल उपमहानगरपालिकामा प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा समसुद्धिन सिद्धिकी र उपप्रमुखमा शान्ति ढकाल, घोराही प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुल्सीपुर प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।
अदालतको आदेशको स्वागत
वैठकले स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरमा रोक लगाउँदै सर्वोच्च अदालतले आज दिएको अन्तरिम आदेशको स्वागत गरेको छ ।
निर्वाचनको मिति तय भइसकेपछि कुनै औचित्य र आधारबिना नै स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर गर्ने सरकारको कदममा सर्वोच्च अदालतले रोक लगाएबाट पूर्वनिर्धारित तह र मितिमा निर्वाचन गर्न सहज भएको बैठकले ठहर गरेको छ । निर्धारित जेठ ३१ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न बैठकले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको पार्टी सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’