काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुभएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ ।
उहाँले प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको समझदारीअनुसार आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको हो ।
नेपालको संविधानको ‘सङ्क्रमणकालीन व्यवस्था’ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था उल्लेख छ । धारा २९८ (मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था) को उपधारा २ मा ‘व्यवस्थापिका–संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।
उपधारा ३ मा बहुमतीय प्रक्रियाबारे उल्लेख छ । ‘उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने’ उल्लेख छ । तर यसमा समयका बारेमा भने कुनै उल्लेख छैन ।
धारा २९८ को उपधारा १० मा ‘उपधारा ८ बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरी रहने’ उल्लेख छ ।
त्यस्तै व्यवस्थापिका–संसद् नियमावली, २०७३ को परिच्छेद ९ नियम ४९ मा प्रधानमन्त्रीको निर्वाचनको प्रक्रियाका बारेमा उल्लेख छ । प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिबाट हुनेछ । सहमति कायम हुन नसकेमा प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ । संसद सचिवालय सूचना शाखा प्रमुख सुर्दशन कुइँकेलका अनुसार राष्ट्रपतिबाट प्रधानमन्त्री निर्वाचनको बहुमतीय प्रक्रिया अघि बढाउनेसम्बन्धी पत्र प्राप्त भएपछि सो प्रक्रिया अधि बढने छ ।
तर सहमतिको कुनै सम्भावना नदेखिएकाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको समझदारीअनुसार अब बन्ने प्रधानमन्त्री बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनेछन् । गत वर्ष साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका दाहालले काँग्रेससँग भएको भद्र सहमतिअनुसार काँग्रेस सभापति देउवालाई सत्ताको नेतृत्व हस्तान्तरण गर्न मार्ग प्रशस्त गर्नुभएको हो ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ