मलेखु (धादिङ), ७ जेठ । मध्य धादिङको ज्वालामुखी गाउँपालिकामा शनिबार राति नेकपा(एमाले) र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएपछि आज नेपाली काँग्रेसले धादिङ बन्द गराएको छ ।
झडपमा काँग्रेस र एमालेका सात कार्यकर्ता घाइते भएका छन् । काँग्रेस पूर्वसभापति रामनाथ अधिकारीको नेतृत्वमा सदरमुकाम धादिङबँेसी बजार बन्द गराइएको थियो । बन्दका कारण सदरमुकामबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बजार पूर्ण रुपमा बन्द गरिएको छ ।
आज बिहान नीलकण्ठ क्याम्पस बन्द गरिएको थियो । सदरमुकामका सरकारी तथा निजी विद्यालय पनि बन्द गरिएको छ । बजार बन्द गराइएपछि काँग्रेस कार्यकर्ता चोक चोकमा आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै बसेका छन् ।
शुक्रबार ज्वालामुखी गाउँपालिका– ३ कोलेमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो । गाउँपालिकामा काँग्रेसले अध्यक्षसहित विजय हासिल गरेको र एमालेले उपाध्यक्षसहित बहुमत वडा जितेपछि शुक्रबार छुट्टाछुट्टै विजयसभा गरेका थिए ।
विजय सभाबाट घर फर्कँदै लगरेका एमाले कार्यकर्ता चढेको गाडीमा वियरको बोतल र ढुङ्गा हानिएको र त्यसपछि झडप भएको एमालेले जनाएको छ ।
काँग्रेसले भने आफूहरुमाथि आक्रमण गरिएको जनाएको छ । झडपमा काँग्रेसका चार र एमालेका दुई जना घाइते भएको बताइएको छ । झडपका क्रममा गाउँपालिका प्रमुखमा निर्वाचित काँग्रेसका विनोद तिमल्सिना तथा काँग्रेसका नरेन्द्र भट्ट र दामोदर भट्ट घाइते भएका छन् ।
घाइतेको जिल्ला अपतालमा उपचार भइरहेको छ । भट्टद्वयको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरले घर फिर्ता गराएपछि नरेन्द्रलाई ग्रिनसिटी अस्पतालमा पुनः भर्ना गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
एमालेका अमृत आले, नारायण पुरी र एक बालकसमेत गाडीमा ढुङ्गाले लागेर घाइते भएका छन् । घाइते एमाले कार्यकर्ताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेको स्थानमा प्रहरीले नियन्त्रणमा लिएर सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । घटनास्थलमा थप क्षति हुन नदिन सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । हाल जिल्लाको सुरक्षाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक