
काभ्रे, ७ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले) का अशोक ब्याञ्जु (श्रेष्ठ) सात हजार ९८१ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याउनुभयो ।
उपप्रमुखमा एमाले कै विमलाकुमारी चौलागाईं छ हजार ८२३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मलाकुमारी चौलागाईंले चार हजार ९४० मत ल्याउनुभयो ।
उक्त नपाको– ११ र १२ मा एमालेको पूरै समूह विजयी भएको छ । वडा नं ११ मा एमालेबाट विष्णु धितालले ९४१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद तिवारीले ५०५ मत ल्याउनुभयो ।
त्यस्तै वडा नं १२ हर्कबहादुर तामाङले ६५१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्रबहादुर लामाले ६१६ मत ल्याउनुभयो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]