लण्डन । लण्डनस्थित हिलिङडन बरो काउन्सिलले नेपालीहरुका लागि उपलब्ध गराएको अलग समाधिस्थलको यही नोभेम्बर १८ मा उद्घाटन हुने भएको छ ।
स्थानीय चेरी लेन सिमेट्री नजिकै पिस मेमोरियल गार्डेनको आडैमा हुने सो उद्घाटन कार्यक्रममा भाग लिन गोरखा अभियानकी अभियन्ता अभिनेत्री जोअना लुम्ले र लण्डनस्थित नेपाली राजदूताबासका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीलाई आमन्त्रण गरिएको छ ।
नेपालीहरुको स्थानीय सँस्था हिलिङडन गोरखा नेपलिज कम्युनिटीका सचिव तेज पुनका अनुसार हिलिङडनका मेयरले सो समाधिस्थलको उद्घाटन गर्नेछन् ।
बिहान १० बजे शुरु हुने सो कार्यक्रमको पहिलो चरणमा ब्यागपाइपर र बिगुलको धुनका साथमा समाधिस्थलको उद्घाटन कार्यक्रम गरिने छ । साथै विभिन्न युद्ध तथा लडाइँमा ज्यान गुमाएका गोरखाहरुको सम्झना र सम्मानार्थ दुई मिनेट मौनधारणको कार्यक्रम पनि राखिएको छ ।
काउन्सिलले उपलब्ध गराएको जग्गामा राखिने साइनबोर्डको तयारी भइसकेको पुनले जानकारी दिए । काउन्सिलले जग्गा मात्र दिएकाले कम्युनिटीले आफ्नै स्रोतबाट करिब तीन हजार पाउण्डको लागतमा सो साइनबोर्ड तयार गरेको हो । पानी, झरी, गर्मी, चिसोले केही असर नगर्ने ग्रेनाइटबाट बनाइएको सो बोर्डमा अङ्कित गरिने सामग्रीको ब्यहोरा भने काउन्सिलले नै तयार पारेको हो ।
कार्यक्रममा नेपालीहरुका लागि अलग समाधिस्थल उपलब्ध गराउन महत्वपूर्ण सहयोग गर्ने चार जनालाई कम्युनिटीले धन्यवादस्वरुप उपहार दिने पनि कार्यक्रम रहेको छ ।
कार्यक्रमलाई स्थानीय मेयर, कार्यबाहक नेपाली राजदुत, स्थानीय सांसद र नेपाली कम्युनिटीका अध्यक्षले सम्बोधन गर्ने तय भएको छ ।
स्थानीय नेपाली कम्युनिटीले नोभेम्बर ११ मा समाधिस्थल उद्घाटनका लागि काउन्सिलसित समय मागेको थियो । तर काउन्सिलले अन्य कामका चापका कारण समय दिन नसक्ने बताएपछि कम्युनिटीले नोभेम्बर ९ का लागि समय मागेको थियो तर आखिरीमा नोभेम्बर १८ तारिखमा मात्र उद्घाटन कार्यक्रमको तिथि जुर्यो ।
सो समाधिस्थल सो काउन्सिलभन्दा बाहिर बस्ने नेपाली गोरखाहरुलाई पनि प्रयोग गर्न दिने कि नदिने बारेमा अझै निर्क्यौल भइनसकेको पनि पुनले जानकारी दिए ।
समाधिस्थल अलग भए पनि सो प्रयोगवापत तिर्नुपर्ने शुल्क र पूरा गर्नु पर्ने प्रक्रिया भने अरुसरह नै हुने बताइएको छ ।
लण्डनभित्र गोरखा नेपालीहरुलाई अलग समाधिस्थल दिइएको यो नै पहिलो हाे ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’