लण्डन । लण्डनस्थित हिलिङडन बरो काउन्सिलले नेपालीहरुका लागि उपलब्ध गराएको अलग समाधिस्थलको यही नोभेम्बर १८ मा उद्घाटन हुने भएको छ ।
स्थानीय चेरी लेन सिमेट्री नजिकै पिस मेमोरियल गार्डेनको आडैमा हुने सो उद्घाटन कार्यक्रममा भाग लिन गोरखा अभियानकी अभियन्ता अभिनेत्री जोअना लुम्ले र लण्डनस्थित नेपाली राजदूताबासका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीलाई आमन्त्रण गरिएको छ ।
नेपालीहरुको स्थानीय सँस्था हिलिङडन गोरखा नेपलिज कम्युनिटीका सचिव तेज पुनका अनुसार हिलिङडनका मेयरले सो समाधिस्थलको उद्घाटन गर्नेछन् ।
बिहान १० बजे शुरु हुने सो कार्यक्रमको पहिलो चरणमा ब्यागपाइपर र बिगुलको धुनका साथमा समाधिस्थलको उद्घाटन कार्यक्रम गरिने छ । साथै विभिन्न युद्ध तथा लडाइँमा ज्यान गुमाएका गोरखाहरुको सम्झना र सम्मानार्थ दुई मिनेट मौनधारणको कार्यक्रम पनि राखिएको छ ।
काउन्सिलले उपलब्ध गराएको जग्गामा राखिने साइनबोर्डको तयारी भइसकेको पुनले जानकारी दिए । काउन्सिलले जग्गा मात्र दिएकाले कम्युनिटीले आफ्नै स्रोतबाट करिब तीन हजार पाउण्डको लागतमा सो साइनबोर्ड तयार गरेको हो । पानी, झरी, गर्मी, चिसोले केही असर नगर्ने ग्रेनाइटबाट बनाइएको सो बोर्डमा अङ्कित गरिने सामग्रीको ब्यहोरा भने काउन्सिलले नै तयार पारेको हो ।
कार्यक्रममा नेपालीहरुका लागि अलग समाधिस्थल उपलब्ध गराउन महत्वपूर्ण सहयोग गर्ने चार जनालाई कम्युनिटीले धन्यवादस्वरुप उपहार दिने पनि कार्यक्रम रहेको छ ।
कार्यक्रमलाई स्थानीय मेयर, कार्यबाहक नेपाली राजदुत, स्थानीय सांसद र नेपाली कम्युनिटीका अध्यक्षले सम्बोधन गर्ने तय भएको छ ।
स्थानीय नेपाली कम्युनिटीले नोभेम्बर ११ मा समाधिस्थल उद्घाटनका लागि काउन्सिलसित समय मागेको थियो । तर काउन्सिलले अन्य कामका चापका कारण समय दिन नसक्ने बताएपछि कम्युनिटीले नोभेम्बर ९ का लागि समय मागेको थियो तर आखिरीमा नोभेम्बर १८ तारिखमा मात्र उद्घाटन कार्यक्रमको तिथि जुर्यो ।
सो समाधिस्थल सो काउन्सिलभन्दा बाहिर बस्ने नेपाली गोरखाहरुलाई पनि प्रयोग गर्न दिने कि नदिने बारेमा अझै निर्क्यौल भइनसकेको पनि पुनले जानकारी दिए ।
समाधिस्थल अलग भए पनि सो प्रयोगवापत तिर्नुपर्ने शुल्क र पूरा गर्नु पर्ने प्रक्रिया भने अरुसरह नै हुने बताइएको छ ।
लण्डनभित्र गोरखा नेपालीहरुलाई अलग समाधिस्थल दिइएको यो नै पहिलो हाे ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण