
म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठसहित चार वटा स्थानीय तहमा विजयी भएपछि नेपाली काँग्रेसले बिहीबार बेनीमा आयोजना गरेको बिजय उत्सव । तस्विर ः सन्तोष गौतम, म्याग्दी, रासस
भक्तपुर, ४ जेठ । चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्षमा राजेश खड्कासहित तीन सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा खड्काले ९०२ मत ल्याउनुभयो । विजयी हुने वडा सदस्यमा काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका महिला सदस्यमा सुशीला खड्का, खुला सदस्य उद्धव खड्का र गणेश श्रेष्ठ तथा दलित महिला सदस्यमा राप्रपाका लीलामाया दर्जी विजयी हुनु भएको छ ।
काठमाडौँ, ४ जेठ । नागार्जुन नगरपालिकामा पाँच वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
मत परिणामननुसार चार वटा वडामा नेकपा (एमाले) र एक वडामा राप्रपाका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ । एमालेले १ देखि ४ वडा र राप्रपाले ५ नं वडामा जित हासिल गरेका हुन् । वडा नं १ मा एमालेका रामचन्द्र लामाले ४२४ मत, वडा नं २ मा एमालेकै खुमबहादुर केसी ७९१ मत, वडा नं ३ मा प्रेमलाल श्रेष्ठ ६२२ र वडा नं ४ मा करुणकुमार दलामी ९१६ मत तथा वडा नं ५ बाट राप्रपाका महेश रिमाल ७११ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रमुखमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले तीन हजार १८८ मत, एमालेका कृष्णहरि खत्रीले दुई हजार ८५६, नेकपा (माओवादी केन्द्र) का कुमार तामाङले ९२३ र राप्रपाका उद्धव थापाले एक हजार ६८२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा काँग्रेसका कल्याणी खड्काले दुई हजार ८२३, एमालेका सुशीला अधिकारीले तीन हजार २८३ मत र माओवादी केन्द्रकी देवकी पौडेलले ८८१ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ, ४ जेठ । चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा (एमाले) को समूह नै विजयी भएको छ ।
वडाध्यक्षमा देवेन्द्र महर्जनले ८०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्यूत अधिकारीले ५८४ मत प्राप्त गर्नुभएको छ । सदस्यमा चन्दिका श्रेष्ठ, बच्छी सर्केनी, रामकृष्ण श्रेष्ठ र सुरेन्द्र केसी विजयी हुनुभएको छ ।
प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले सात हजार २४९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने एमालेका प्रह्लाद कार्कीले चार हजार ९५० मत प्राप्त गर्नुभएको छ । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले पाँच हजार ८९६ र एमालेका लीसा नकर्मीले पाँच हजार ५६६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो ।
कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ८ र १० वडाको मतगणना जारी छ ।
हुम्ला, ४ जेठ । जिल्लाको सर्के गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रोकाय र उपाध्यक्षमा नेकपा (एमाले)का जोशी धामी निर्वाचित भएका छन् ।
रोकायले एक हजार ९२० मत तथा उपाध्यक्ष धामीले एक हजार ८४५ मत ल्याई विजयी हुनुभएको हो । रोकायका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसका मङ्गबहादुर शाहीले एक हजार ७७५ तथा धामीका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसकी चन्दा फडेराले एक हजार १७२ मत प्राप्त गर्नुभएको थियो ।
मलेखु (धादिङ), ४ जेठ । गल्छी गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवारले विजय हासिल गरेका छन् ।
गल्छी गाउँपालिका अध्यक्षमा एमालेका कृष्णहरि श्रेष्ठले छ हजार ५१ मत प्रप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद कार्कीले पाँच हजार २०७ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपाध्यक्षमा एमालेका राधा तिमल्सिना छ हजार ८८० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का मीरा झ्यारीले तीन हजार १८४ मत प्राप्त गर्नुभयो । आठ वडा रहेको गल्छी गाउँपालिकामा ४ नं वडाध्यक्ष मात्र काँग्रेसका उम्मेदवार विजयी हुनुभयो । सो वडाका सदस्य एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । अन्य सबै वडामा एमालेका उम्मेदवार विजयी हुनुभयो ।
विजयी वडाध्यक्षमा वडा नं १ मा पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल, ३ मा कपिल रेग्मी, ४ मा राजु अधिकारी, ५ मा प्रेम तामाङ, ६ मा राजन श्रेष्ठ, ७ मा हरि खतिवडा र ८ मा भरत तामाङ हुनुहुन्छ । पन्ध्र हजार ५२८ मतदाता रहेको सो गाउँपालिकामा १२ हजार ३९५ जनाले मतदान गरेका थिए ।
गल्छी गाउँपालिकामा काँग्रेस माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार तय गरी अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो ।
हेटौँडा, ४ जेठ । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लवशेर विष्ट सात हजार ४४ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णु ढकालले पाँच हजार ३७८ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसका खड्ग गोपालीले पाँच हजार ६५० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कल्पना गोपालीले पाँच हजार ६०० मत प्राप्त गर्नुभयो ।
थाहा नगरपालिकाको अहिलेसम्म मतगणना सम्पन्न भएका १० वडामध्ये पाँचमा माओवादी केन्द्र र पाँच वटामा एमाले विजयी भएको छ । सो नगरपालिकाको वडा नं १ को वडाध्यक्षमा हेरमान गोपाली(माओवादी केन्द्र), ३ मा राजेश केसी(माओवादी केन्द्र), ४ मा दीपकसिंह लामा (माओवादी केन्द्र), ५ मा विष्णुबहादुर गुरूङ (एमाले), ६ मा शशिधर सुवेदी (एमाले), ८ मा टीकाराम रूम्बा (माओवादी केन्द्र), ९ मा पर्शुराम श्रेष्ठ (माओवादी केन्द्र), १० मा हिराबहादुर गमाल (एमाले), किरणमान बल (एमाले) र वडा नं १२ मा मानबहादुर स्याङ्तान (एमाले) विजयी हुनुभएको छ ।
डुम्रे (तनहुँ), ४ जेठ । स्थानीय निर्वाचन अन्तर्गत तनहुँका ६ गाउँपालिकाको परिणाम आएको छ । आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार बनेका गिरबहादुर थापा विजयी भएका छन् । विजयी थापाले दुई हजार ५८९ मत ल्याएका छन् । थापाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सन्तबहादुर केसीले दुई हजार २४२ मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा समेत काँग्रेसकै पुष्पादेवी श्रेष्ठ विजयी भएकी छन् । उपाध्यक्षमा विजयी श्रेष्ठले दुई हजार १६५ मत ल्याएकी छन् ।
काँग्रेसले उक्त गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ र ६ जितेको छ भने एमालेले वडा नम्बर ३ जितेको छ ।
यसैगरी, ऋषिङ गाउँपालिकाको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ चारहजार ९४१ र उपाध्यक्षमा काँग्रेसकै गिनुमाया थापा पाँच हजार ६ मत ल्याई विजयी भएका छन् । श्रेष्ठ र थापाका प्रतिद्वन्द्वीले क्रमशः दुई हजार ४८९ र दुई ३७७ मत ल्याएका छन् । ऋषिङ गाउँपालिकाका ८ वटा वडामा काँग्रेसको प्यानलै विजयी भएको छ ।
यसैगरी, घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षका उम्मेदवार रणबहादुर राना तीन हजार ७३० मत ल्याएर विजयी भएका छन् ।
यसैगरी म्याग्दे गाउँपालिकामा समेत काँग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका माया राना र बालकृष्ण घिमिरे विजयी भएका छन् । अध्यक्षमा रानाले चार हजार ५६४ ल्याएकी छन् । उपाध्यक्षमा काँग्रेसका उम्मेदवार घिमिर चारहजार ६१४ मतका साथ विजयी भएका छन् ।
त्यस्तै, देवघाट गाँउपालिकामा भने अध्यक्षमा एमालेका उम्मेदवार दुर्गबहादुर थापा विजयी भएका छन् । उपाध्यक्षमा भने काँग्रेसबाट उम्मेदवार रहेकी विमला थापाले एक मतले विजयी भएकी छन् । अध्यक्ष थापाले दुई हजार ८७९ मत ल्याएका छन् ।
त्यसैगरी, बन्दिपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष थापाको दुईहजार ८६३ मतले विजयी भएका थिए । त्यस्तै उपाध्यक्षमा करुणा गुरुङ दुईहजार ६८३ मत ल्याएर विजयी भइन् ।
बाँकी चार नगरपालिकामा भने आज साँझसम्म सबै मत परिणाम आउने अनुमान गरिएको छ ।
नवलपरासी, ४ जेठ । नवलपरासी जिल्लामा नेपाली काँग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र मानिने गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेल विजयी हुनुभएको छ ।
यसैगरी उपप्रमुखमा भने काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको छ । गैँडाकोटमा प्रमुखमा विजयी पौडेलले कुल ११ हजार ३०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ हजार मत प्राप्त गर्नुभएको थियो ।
उपप्रमुखमा कुल ११ हजार ५५५ मत प्राप्त गरी काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधा पाण्डेले १० हजार ४५६ मत प्राप्त गर्नुभयो ।
नवलपरासीमा हालसम्म नगरपालिकातर्फ देवचुली, गंैडाकोट र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङ्टार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा मतगणना सम्पन्न भइसकेको छ ।
प्रमुख पदमा गँैडाकोटबाहेक अरु सबै स्थानमा काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । अब नवलपरासीमा कावासोती नगरपालिकामा मात्र परिणाम घोषणा हुन बाँकी छ ।
चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका निमफुन्जो शेर्पा चार हजार ९२९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण बस्नेतले चार हजार ७११ मत प्राप्त गर्नुभयो । नगर उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लिला नेपालले चार हजार ८१३ मत प्राप्त गर्नुभयो ।
सो नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली काँग्रेस तथा वडा नं– ५, ६, ७ र ८ मा नेकपा एमाले विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा कामी शेर्पा काँग्रेस, २ मा बमबहादुर तामाङ काँग्रेस, ३ मा एकबहादुर भण्डारी काँग्रेस, ४ मा ज्ञानेन्द्र श्रेष्ठ काँग्रेस, ५ मा बेलबहादुर रोक्का एमाले, ६ मा मोहनलाल श्रेष्ठ एमाले, ७ मा मिनबहादुर श्रेष्ठ एमाले, ८ मा सुरज लामा एमाले र वडा नं ९ को वडाध्यक्षमा सानु लामा काँग्रेस विजयी हुनुभएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा विजयी काँग्रेसका चन्द्रमित्र पण्डित गएराती विजयी उत्सव मनाउने क्रममा कार्यकर्ता माझ । तस्बिरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
ललितपुर, ४ जेठ । गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले)का श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रमुख प्रतिस्पर्धी एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्द्रका सीता घिमिरेले छ हजार ४१३ मत प्राप्त गर्नुभएको छ ।
तीन गाउँपालिका तीन पार्टीलाई
स्थानीय तहको निर्वाचनमा यहाँका तीनवटा गाउँपालिकामा तीन ठूला राजनीतिक दलले एक-एक गाउँपालिकामा आफ्नो वर्चस्व कायम गरेका छन् ।
तीनवटै गाउँपालिकाको मतपरिणामअनुसार वाग्मती गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका वीरबहादुर लोप्चन, कोञ्ज्योसोममा नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङ्तान र महाँकाल गाउँपालिकामा नेकपा (एमाले)का रामचन्द्र दाहाल विजयी हुनुभएको छ ।
वाग्मती गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लोप्चनले तीन हजार ४०२ मत ल्याएर आफ्नो जित सुनिश्चित गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दुर्गाप्रसाद घिमिरेले दुई हजार २५२ मत प्राप्त गर्नुभएको छ ।
सोही गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै रञ्जना तिमल्सिनाले तीन हजार ४२६ मत ल्याएर विजयी बन्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी डोलकुमारी सिङ्तानले दुई हजार ३४० मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्षमा एक हजार ७९८ मत ल्याएर माओवादीका सिङ्तान विजयी बन्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजनप्रसाद घिमिरेले एक हजार ७३२ मत ल्याउनुभएको थियो ।
सोही गाउँपालिकामा माओवादी केन्द्रकी मिङ्मा लामाले एक हजार ९३३ मत ल्याएर उपाध्यक्ष पदमा विजयी हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला दुलाल घिमिरेले एक हजार ४५७ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै महाँकाल गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्द्र दाहालले दुई हजार ८० मतका साथ विजयी बन्नुभएयो, दोस्रो स्थानमा रहनुभएका काँग्रेसका भिमसेन घिमिरेले एक हजार ७२२ मत ल्याउनुभएको छ ।
सोही गाउँपालिकामा दुई हजार २६३ मत ल्याएर एमालेका कमला तामाङले उपाध्यक्षको पद सुनिश्चित गर्नुभएको छ । काँग्रेसका सुशीला अधिरकारीले सोही पदका लागि एक हजार ३९९ मत ल्याउनुभएको थियो ।
वाग्मती गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा क्रमशः काँग्रेसका जगत लो, विजय लो, विष्णुप्रसाद तिमल्सिना र नारायण घले वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रोशनी श्रेष्ठले बताउनुभयो । यसैगरी वडा नम्बर ५, ६ र ७ मा क्रमशः एमालेका उम्मेदवार राजकुमार मगर, लालबहादुर बम्जन र नवराज सञ्जेल विजयी बन्नुभएको छ ।
कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर १, ३ र ५ मा क्रमशः माओवादी केन्द्रका सन्तलाल तामाङ, ध्रुव घिमिरे र सुवीन्द्र तामाङ वडाध्यक्षमा विजयी बन्नुभएको छ भने वडा नम्बर ३ र ४ मा क्रमशः काँग्रेसका तिलक लामा र तीर्थ लामा अध्यक्षमा विजयी बन्नुभएको छ ।
यस्तै महाँकाल गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ मा क्रमशः एमालेका सन्तमान स्याङ्तान, गङ्गारामा तिमल्सिना, शान्तप्रसाद गौतम र रामकृष्ण आचार्य वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । काँग्रेसका खोम गौतम वडा नम्बर १ मा खोमप्रसाद दाहाल वडा नम्बर ५ बाट वडाध्यक्षमा विजयी बन्नुभएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताउनुभयो ।
पूरै छ स्थानीय तहमा माओवादी केन्द्र विजयी
रुकुम, ४ जेठ । गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा यहाँका छ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) ले जितेको छ ।
मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख र बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन् ।
मुसिकोट नगरपालिका प्रमुखमा माओवादी केन्द्रका देवीलाल गौतम चार हजार ३५० मतले विजयी हुनुभयो भने प्राप्त गर्नुभयो उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र केसीले चार हजार १७४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा पनि माओवादी केन्द्रकै प्रेमकुमारी सुनार चार हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीमा बालकुमारी गिरीले चार हजार १५८ मत प्राप्त गर्नुभयो ।
आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख दुवै पदमा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेदवार गोर्खबहादुर केसीले काँग्रेसका धीरेन्द्र बटाला र माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार गीता नेपालीले काँग्रेसकी अनिता बुढालाई पराजित गर्नुभएको हो ।
यस्तै चौरहजारी नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका क्रमशः विशाल शर्मा र राधा रोका विजयी बन्नुभएको छ । दुवै जनाले नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको हो ।
यसैगरी त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका झक्कुप्रसाद घर्ती र निर्मला विष्ट विजयी हुनुभएको छ । दुवैले काँग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको हो । सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका नरबहादुर पुन विजयी काँग्रेसका गोरखप्रसाद चन्दलाई पराजित गरी विजयी हुनुभएको हो ।
बाँफिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका धर्मबहादुर केसी र मनकला पुन विजयी बन्नुभएको हो । उहाँहरु दुवैले काँग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । निर्वाचन भएका यहाँका ७३ वडामध्ये ५८ वडामा जित हात पारेको छ । यहाँ काँग्रेसले १३ र एमालेले दुई वडामा जितेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
