काठमाडौँ, ४ जेठ । काठमाडाँै महानगरपालिकामा आज साँझ १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै छ ।
प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य छ हजार ६४८ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले चार हजार २२७ मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार ७५६ मत र साझा पार्टीका किशोर थापाले एक हजार १९९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले पाँच हजार ६८७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले तीन हजार ७३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । आयोगका अनुसार काठमाडाँै महानगरपालिकामा हालसम्म १९ हजार ७३८ मतगणना भएको छ ।
यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । तीस हजार मत गणना गणिसक्दा प्रमुखमा काँग्रेसका चिरीबाबु महर्जनले १० हजार २४६ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा(एमले)का हरिकृष्ण ब्यञ्जनकारले ९ हजार ४५२ मतसहित पछ्याइरहनुभएको छ ।
त्यस्तै साझा पार्टीका रमेश महर्जनले पाँच हजार ८९४ मत र नेकपा(माओवादी केन्द्र)का दिनेश महर्जन(दीपेश)ले दुई हजार १७० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले राससलाई जानकारी दिनुभयो ।
ललितपुर वडा नं ११ मा नेकपा(एमाले)का इन्द्रमणि महर्जन विजयी हुनुभएको छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता