
काठमाडाँै, ४ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना चाँडो गर्ने तयारी गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनमा जनशक्ति थपेर चाँडो मतगणना गर्ने गृहकार्यमा लागेको जानकारी गराउनुभयो । गत वैशाख ३१ गते भएको मतगणना ढिलो भयो भनेर जनस्तरबाट गुनासो आइरहेका बेला दोस्रो चरणमा हुने निर्वाचनको मतगणना छिटो गर्ने तयारी गरिएको हो । “पहिलो चरणमा ढिलो मतगणना भएको पाइयो”, उहाँले भन्नुभयो, “अब दोस्रो चरणका लागि भने हामीले थप जनशक्ति लगाएर चाँडो मतगणना गर्दछौँ ।”
निर्वाचन भएको चार दिन भइसक्दा पनि अहिलेसम्म बढी मतदाता भएका स्थानीय तहको १५ देखि २० प्रतिशत मात्र मतगणना भएको छ । प्रदेश नं ३, ४ र ६ का २८१ स्थानमा निर्वाचन भए पनि अहिलेसम्म करिब आधा स्थानीय तहको मात्र नतिजा आएको छ ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम