काठमाडौँ, ३ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डअन्तर्गतका कमान्डिङ जनरल रवर्ट बी ब्राउनको निमन्त्रणामा अमेरिकाको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।
भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीद्वारा अमेरिकामा रहँदा जनरल ब्राउन र मेजर जनरल क्रिस्टोफर क्याभोलीसंग शुक्रबार भेटवार्ता गर्नु हुनेछ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीले अमेरिकी सेनाका विभिन्न एकाइद्वारा प्रस्तुत हुने व्रिफिङ तथा सैनिक कला प्रदर्शनीको समेत अवलोकन गर्नु हुनेछ ।
अमेरिका भ्रमणको क्रममा प्रधानसेनापति क्षेत्रीले प्रशान्त क्षेत्रको वायुसेनाका प्रमुख, विशेष परिचालन प्रमुखलगायतका उच्च सैनिक अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट दुई देशबीच लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनको साथै नेपाली सेना तथा अमेरिकी सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु प्रगाढ हुनजाने नेपाली सेनाले विश्वास लिएको छ ।
प्रधान सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी बलदेवराज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधान सेनापति क्षत्री यही जेठ १२ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन