
काठमाडौँ, ३ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताउनुभएको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन प्रारम्भिक समीक्षामा उहाँले सो कुरा बताउनुभएको हो ।
मतगणना गर्ने मिति र स्थान तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिएकाले आयोगले मतगणनामा हस्तक्षेप गर्न नमिल्ने जनाउँदै उहाँले मतगणनाको लागि आवश्यक जनशक्ति र आर्थिक व्यवस्थापनको पाटोमा भने आयोगले आवश्यक व्यस्थापन गरिरहेको जानकारी दिनुभयो ।
निर्वाचनको अघिल्लो दिनसम्म पनि मतगणना नै एक महिनापछि गर्नुपर्छ भनेर चर्काे दबाब खेप्नुपरेको घटनाको स्मरण गराउँदै उहाँले भन्नुभयो– “एक साताभित्रै सबै परिणाम घोषणा हुन्छ, तपार्इंहरु किन आत्तिनु भएको हो ।”
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्रीको व्यवस्थापन आयोगले गरिसकेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो–“मतपत्र ठूलो हुनु भनेको राजनीतिक कारणले हो” जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्याको आधारमा निर्वाचनमा यति जना उम्मेदवार होलान् भन्ने अनुमान गरेर मतपत्रको छपाइ भएको हो ।
पूर्व प्रमुख निर्वाचन आयुक्त एवम् नियोकका अध्यक्ष सूर्यप्रसाद शर्माले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक सहभागितामा भए पनि निर्वाचनमा हुनसक्ने घटनाको बारेमा जानकारी लिने सुरक्षा अनुसन्धानको पाटो कमजोर देखिएको टिप्पणी गर्नुभयो ।
नागरिक समाजका अग्रज एवम् जियोकका अध्यक्ष हिमालयशमशेर राणाले निर्वाचनलाई शान्तिपूर्ण तुल्याउन मतदाता र राजनीतिक दलले सहयोग पुरयाएपनि त्यसअनुसारको मतगणना व्यवस्था चुस्त हुन नसकेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो– “कतिपय स्थानमा मतदान गर्ने स्थल अत्यन्त सानो रहेको तथा ठूलो आकारको मतपत्र भएकाले मतदातामा अलमल जस्तो देखिन्थ्यो । यद्यपि मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमै भएको छ ।
नेपाल कानुन समाजका कार्यकारी निर्देशक एवम् जियोकका सदस्य सचिव कृष्णमान प्रधान र नियोकका महासचिव गोपाल सिवाकोटीले आगामी निर्वाचनमा मतदातामैत्री मतपत्र बनाउनुपर्ने तथा दू्रतगतिमा मतपरिणामको नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई सुझाव दिनुभयो ।
सङ्कल्प नेपालकी अध्यक्ष लिली थापाले यसपटकको स्थानीय तहको निर्वाचनमा महिला मतदाताको निकै उत्साहजनक रुपमा सहभागिता रहेको टिप्पणी गर्नुभयो ।
निर्वाचनको पर्यवेक्षण गरेका ती संस्थाले आसन्न निर्वाचनमा निर्भयपूर्वक सञ्चालन गर्न सुरक्षा संवेदनशील क्षेत्रको आँकलन गरी विशेष सुरक्षा व्यवस्था मिलाउन तथा आचारसंहिताको पालनामा देखिएका कमजोरीलाई सम्बोधन गर्न राजनीतिक दल र उम्मेदवार जवाफदेही बन्नुपर्ने सु्झाव दिएका छन् ।
पर्यवेक्षक संस्थाबाट राजनीतिक दल र उम्मेदवारले मौन अवधिमा पनि मतदातालाई आकर्षित गर्ने तथा सामाजिक सञ्जालसमेत अनुशासित बन्न नसकेको प्रतिवेदन प्रस्तुत भयो ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा