
पोखरा, २ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।
काँग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गर्नुभएको छ ।
वडा सदस्यमा काँग्रेसका गौतम बिजुक्छे र बद्री पराजुली तथा महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता सुनार विजयी हुनुभएको हो । सो वडामा एक हजार ७४० मतदाताले मतदान गरेका थिए ।
मादी गाउँपालिकामा एमाले विजयी
कास्कीको मादी गाउँपालिकाका अध्यक्षमा नेकपा (एमाले)का वेदबहादुर गुरुङ चार हजार ६३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले तीन हजार ६५३ मत र नेकपा (माओवादी केन्द्र)की राधा सापकोटाले ६७४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्षमा एमालेकी विष्णु पौडेल आचार्य चार हजार ५२३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी प्रभाश्री गुरुङले तीन हजार १३१ र माओवादी केन्दंकी नन्दश्री गुरुङले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ ।
बाह्र वडा भएको सो गाउँपालिकामा एमालेले वडा नं १, २, ४, ९, १० र ११, काँग्रेसले ३, ५ र ८ तथा माओवादी केन्द्रले १२ नं वडामा जितेका छन् । कुल १३ हजार ५५९ मत रहेको मादीमा नौ हजार ८८० मत खसेको थियो ।
भक्तपुर, २ जेठ । सूर्यविनायक नगरपालिका वडा नं १ का वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार सानुकाजी कायस्थसहितको समूह विजयी भएको छ ।
कायस्थले एक हजार ६४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली राप्रपाका भूपेन्द्र राउतले ८४७ मत ल्याउनु भएकोछ ।
त्यसैगरी महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठ विजयी हुनुभएको छ । सूर्यविनायक नगरपालिकाको हालसम्मको मतगणनामा एमाले अग्रस्थानमा छ ।
यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको समूह तथा भक्तपुर नगरपालिकामा नेमकिपा अग्रस्थानमा छन् ।
चाँगुनारायण वडा नं ६ मतदान केन्द्रमा बुधबार पुनः मतदान भएपछि चाँगुनारायण नगरपालिकामा मतगणना सुरु हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामकृष्ण खत्रीकोे समूह विजयी भएको छ ।
खत्रीले एक हजार ९०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ६५२ मत र एमालेका नारायणसुन्दर सिन्ताकलले ४९८ मत ल्याउनुभएको छ । त्यसैगरी महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु तथा खुला सदस्यमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । यहाँ वडा नं २ को मतगणना सुरु भएको छ ।
काभ्रे, २ जेठ । मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद तिमल्सिनाले ४२१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँग्रेसको समूह नै विजयी भएको छ ।
यस्तै पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा काँग्रेसका सुन्दर अधिकारीले ४३४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रमेशराज गिरीले ३०८ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।
यसैगरी पनौती नगरपालिका–१ र २ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा सो पार्टीका गुणराज सापकोटाले एक हजार ४२९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयकुमार तामाङले एक हजार २४ मत प्राप्त गर्नुभयो । वडा नं २ को वडाध्यक्षमा पुरुषोत्तम अधिकारीले ९८७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुप्रसाद सापकोटाले ६३४ मत प्राप्त गर्नुभयो ।
हुम्ला, २ जेठ । पाजाकोट गाउँपालिकाका अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का बागदल मल्ल एक हजार ३७१ मत ल्याए विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का पूर्णप्रसाद ढकालले ९५१ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका मञ्जु बुढा एक हजार २९० ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दीमा नेपाली काँग्रेसका सुरेन्द्र थापाले ९०३ ल्याउनुभएको छ ।
वडा नं १, ३, ४ र ५ का वडाध्यक्षदेखि सदस्यसम्म माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ मा वडाध्यक्षदेखि सदस्यसम्म एमाले र नेपाली काँग्रेस समीकरण भएर विजयी भएका छन् ।
बबियाचौर(म्याग्दी), २ जेठ । मालिका गाउँपालिका– ४ का वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दिलीप शेरचन ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधिलाल जैसीले १८३ मत प्राप्त गर्नुभएको छ । सदस्यमा माओवादी केन्द्रका मनरुपा घर्ती, सीता श्रीपाली र उदवीर रसाइली तथा काँग्रेसका बलिराम सुनार निर्वाचित हुनुभएको छ ।
एक हजार ३३५ मतदाता रहेको ओखरबोटमा ८५२ मत खसेको थियो । चार वटा वडाको मतगणना हुँदा मालिका गाउँपालिकाका अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार २८७ र एमालेका वेगप्रसाद गर्बुजाले एक हजार २७२ तथा उपाध्यक्षमा काँग्रेसकी विमला रोकाले एक हजार २८७ र एमालेकी खरमाया विटालुले एक हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बागलुङ, २ जेठ । गलकोट नगरपालिका वडा नं २ र ३ मा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।
वडा नं २ मा हेमन्त भण्डारी र ३ मा वीरजङ्ग भण्डारीसहितको समूह विजयी भएको हो । वडा नं १ मा भने राष्ट्रिय जनमोर्चाको समूह नै विजयी बनेको छ । राजमोबाट नेत्र बुढाथोकी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अहिले वडा नं ४ को मतगणना जारी छ । पछिल्लो मत परिणामनुसार गलकोट नगरपालिकाका प्रमुखमा काँग्रेसका भरत गैरेले अग्रता लिइरहनुभएको छ । दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रोमा राजमोका साझा उम्मेदवार टङ्क केसी रहनुभएको छ ।
बागलुङ, २ जेठ । बागलुङ नगरपालिका वडा नं १ र २ को अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी बनेका छन् ।
वडा नं १ मा ५९९ मत ल्याएर अध्यक्षमा दुर्गाबहादुर बोहरा एमालेको समूह नै विजयी हुनुभएको छ ।
यस्तै वडा नं २ मा पनि एमालेका जीवन आचार्य अध्यक्षमा विजयी बन्नुभएको छ । सदस्यमा भने तीन जना नेपाली काँग्रेसबाट र एक जना एमालेबाट विजयी बनेका छन् । वडा नं ३ को मतगणना अहिले जारी छ । पछिल्ला मत परिणामनुसार वडा नं ३ मा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
बागलुङ, २ जेठ । तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जोकलाल बुढा विजयी हुनुभएको छ । उपप्रमुखमा पनि काँग्रेसकै मानसरी शेरचन विजयी बन्नुभएको छ । बुढाले कुल खसेको चार हजार १९३ मतमध्ये दुई हजार २१९ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार सूर्यप्रसाद श्रीपालीले एक हजार २६९ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा विजयी शेरचनले दुई हजार १५५ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी डोरबहादुर क्षेत्रीले ८५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।
वडामा भने मिश्रित खालको परिणाम आएको छ । तमानखोला गाउँपालिका–१ र २ मा माओवादी केन्द्रका समूह नै विजयी भएको जनाइएको छ । वडा नं १ मा थमबहादुर रोका ५१० मत र २ मा मीनबहादुर घर्ती ४२५ मतका साथ अध्यक्षमा विजयी बन्नुभएको हो । वडा नं ४ मा नेकपा(एमाले)का उदिमबहादुर छन्त्याल २१८ मत प्राप्त गरी सिङ्गो समूहसहित विजयी बन्नुभएको छ । वडा नं ५ मा काँग्रेसका हिराबहादुर विक ४५५ मत प्राप्त गरी समूहसहित विजयी हुनुभएको छ ।
यसअघि वडा नं ३ मा काँग्रेसका गिरबहादुर घर्ती र ६ मा कुलबहादुर छन्त्याल भने निर्विरोध निर्वाचित हुनुभएको थियो । तमानखोला गाउँपालिकामा रहेका पाँच हजार ९२८ मतदातामध्ये चार हजार १९३ मत खसेको थियो । जिल्लाका अन्य स्थानीय तहमा भने मतगणना जारी छ ।
मेलम्ची, २ जेठ । पछिल्लो मत परिणामअनुसार मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा (एमाले) विजयी भएको छ ।
नगरपालिकाको वडा नं– ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका वसन्त गुरुङले ६०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जयराम गुरुङले ४४३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी सोही नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका दमाईसिंह तामाङले ६०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद खनालले ४७६ मत प्राप्त गर्नुभयो ।
सो नगरपालिकाको वडा नं– २ को वडाध्यक्षमा एमालेका सन्तबहादुर तामाङले ५६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लालाचन्द्र खतिवडाले ४७० मत प्राप्त गर्नुभयो ।
यस्तै सो नगरपालिकाको वडा नं– ५ को वडाध्यक्षमा एमालेका सुदर्शन लुइँटेलले ५०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्र सिग्देलले ४४६ मत प्राप्त गर्नुभएको छ ।
मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेकपा (एमाले)का डम्वर अर्यालले दुई हजार ७६५ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका आइतमान तामाङले दुई हजार २१८ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले एक हजार ३८५ र राप्रपाका फणिन्द्र दाहालले एक हजार ३२५ मत प्राप्त प्राप्त गर्नुभएको छ ।
यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकी भगवती नेपालले दुई हजार ८३९, काँग्रेसकी सविता गुरुङले दुई हजार २०४, राप्रपाकी कुमारी तामाङले एक हजार ४३१ र नेकपा (माओवादी केन्द्र)की मुनादेवी ढकालले एक हजार १२८ मत प्राप्त गर्नुभएको छ ।
बाबियाचौर म्याग्दी, २ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा एमालेका वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् ।
रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको वडा अध्यक्षमा नेकपा एमालेका नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गर्नुभएको छ ।
अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा हालसम्म एमालेकी दुर्गादेवी पाईजाले ९९२ मत र नेपाली काँग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गर्नुभएको छ । एक हजार ४२० मत र दुई मतदान केन्द्र रहेको दानामा एक हजार ३१ जनाले मतदान गरेका थिए ।
पोखरा, २ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं १ मा नेकपा (एमाले) को समूह विजयी भएको छ । कुल दुई हजार ४४३ मत खसेकोमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार शारदा पराजुलीले एक हजार ११३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार टङ्कनाथ पौडेलले ६९७ मत प्राप्त गर्नुभयो ।
उक्त वडामा एमालेका नगरप्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले एक हजार ६५ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले ८३१ मत प्राप्त गर्नुभयो । प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)ले काँग्रेसलाई समर्थन गरेको भएपनि माओवादी केन्द्रको चुनाव चिह्नमा ५१ मत परेको छ । वडा नं १ को मतगणना सकिएलगत्तै वडा २ को मत गणना कार्य सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणना ढिलाइ भएका कारण सर्वदलीय बैठक बसेर अन्य ठाउँबाट पनि मत गणना सुरु गर्ने तयारी गरिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
