काठमाडौँ, २ जेठ । निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
मतगणनामा ढिलाइ भएको जनगुनासो आएपछि त्यसलाई सम्बोधन गरी शीघ्र मतगणना सम्पन्न गर्न सम्पूर्ण स्थानीय तहका निर्वाचन अधिकृतलाई आजै निर्देशन दिइएको आयोगका सचिव गोपिनाथ मैनालीले जानकारी दिनुभयो ।
सोमबारको तुलनामा मङ्गलबारदेखि मतगणनाको गति बढेको जानकारी दिँदै उहाँले भन्नुभयो, “ढिलाइ भएका तहमा सुरुमा एकै स्थानमा गणना भएकोमा आजदेखि तीन-चार स्थानबाट गणना हुन थालेको छ ।” आयोगले महानगरपलिकाको मतगणना यही साताभित्र सम्पन्न हुने गरी काम अघि बढाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको निर्देशनपछि आजदेखि महानगरपालिकाहरुमा दुई-तीन वडाका मतपत्र एकैसाथ गणना हुन थालेको छ ।
मतगणनामा भएको ढिलाइका कारण २८१ स्थनीय तहमा आइतबार भएको निर्वाचनमध्ये हालसम्म १० स्थानीय तहको निर्वाचन मत परिणाम मात्र प्राप्त भएको छ । प्राप्त परिणामअनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र नेस्याङ गाउँपालिका, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम प्राप्त भएको हो ।
मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको आयोगले जनाएको छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान