
कृषि विकास केन्द्र, बोडेमा मध्यपुर थिमि नगरपालिकाको मतगणना सुरु हुँदै । तस्बिर ः रत्नकृष्ण श्रेष्ठ-रासस
काठमाडौँ, १ जेठ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत कुल २८१ तहमा भएको निर्वाचनमध्ये २४३ तहमा मतगणना भइरहेको जनाएको छ । दुई स्थानीय तहमा भने निर्विरोध निर्वाचित भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश नं. ३ का ११०, प्रदेश नं. ४ का ७९ र प्रदेश नं. ६ का ५४ तहमा मतगणना भइरहेको छ । बाँकी ३८ तहमा मतगणना कार्य सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।
त्यस्तै मौसमको प्रतिकूलता र भौगालिक जटिलताका कारण हुम्लाका छ तह र रुकुमको १ तहमा भने अझै पनि मतपेटिका सङ्कलन गर्न सकिएको छैन् । आइतबार प्रदेश नं. ३ का ११९, प्रदेश नं. ४ का ८४ र प्रदेश नं. ६ का ८८ तहमा पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो ।
थोरै मतदाता भएका स्थानीय तहमा भने निर्वाचन परिणामसमेत आउन सुरु भइसकेको छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान