
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार स्थानीय तहको निर्वाचनका लागि काठमाडौ लैनचौरको कन्या मावि मतदान केन्द्रबाट मतदान गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ वैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत ३४ जिल्लाका २८१ मतदान केन्द्रमा आज भएको मतदानमा रसुवामा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको छ ।
मतदानको निर्वाचन आयोगमा प्राप्त भएको प्ररम्भिक विवरणअनुसार हिमालपारिको जिल्ला डोल्पामा ८१ प्रतिशत मत खसेको छ ।
त्यस्तै, भक्तपुर र गोरखामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम रामेछापमा ५४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिकाको बालकोट मतदान केन्द्रबाट मतदान गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
आयोगमा प्राप्त मत प्रतिशतको प्रारम्भिक विवरण यस प्रकार रहेको छ ।
सि.नं जिल्ला खसेको मत प्रतिशत
१ दोलखा ६२
२ रामेछाप ५४
३ सिन्धुली ७५
४ काभ्रेपलाञ्चोक ६०
५ सिन्धुपाल्चोक ७०
६ रसुवा ८२
७ नुवाकोट ७०
८ धादिङ ७५
९ चितवन ७०
१० मकवानपुर ७०
११ भक्तपुर ८०
१२ ललितपुर ७५
१३ काठमाडौँै ७५
१४ गोरखा ८०
१५ जाजरकोट ७३
१६ लमजुङ ७१
१७ तनहुँ ७०
१८ कास्की ७५
१९ मनाङ ५८
२० मुस्ताङ ७५
२१ पर्वत ६५
२२ स्याङ्जा ७०
२३ म्याग्दी ६०
२४ बागलुङ ६७
२५ नवलपरासी ७३
२६ सल्यान ७१
२७ डोल्पा ८१
२८ जुम्ला ७०
२९ मुगु ७०
३० हुम्ला ७५
३१ कालीकोट ६०
३२ दैलेख ७०
३३ सुर्खेत ७०
३४ रुकुम ७५
जम्मा
हालसम्म प्राप्त मत खसेको प्रतिशत ७१
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान