
लमजुङको सुन्दरबजारमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर ः सन्देश पौडेल, लमजुङ, रासस
लमजुङ (बेसीसहर), २८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीमा विद्रोही हुनेलाई कडा कारबाही हुने बताउनुभएको छ ।
जिल्लाको सुन्दरबजार नपामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘काँग्रेसलाई पराजित गर्ने मानसिकता भएकालाई पार्टीमा राख्नुको कुनै औचित्य हुँदैन ।’
बागी बनेर असहयोग गर्नेलाई कडाभन्दा कडा अनुशासनको कारबाही हुन्छ भन्दै सभापति देउवाले अझै पनि समय छ, फिर्ता भई पार्टीमा सघाउन विद्रोही उम्मेदवारलाई आग्रह गर्नुभयो ।
उहाँले काँग्रेस नेतृत्वमा निर्माण भएको संविधान अक्षरशः कार्यान्वयका लागि सबै स्थानीय तहमा काँग्रेसकै जित हुनुपर्नेमा जोड दिदैं ‘स्थानीय तह अधिकार सम्पन्न भएका छन्, जनतामा अधिकार अनुभूतिका लागि काँग्रेसले नै निर्वाचनमा जित्नुपर्छ भन्नुभयो ।’
काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, जिल्ला सभापति भेषबहादुर पौडेल, पूर्व जिल्लासभापति शङ्करकान्त जोशी र तुलसी नारायण श्रेष्ठ लगायतले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातासंग आग्रह गर्नुभयो ।
सुन्दरबजार नगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसबाट बद्रीमान श्रेष्ठ र उपप्रमुखमा ज्ञानु शाहलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस नगर सभापति द्वारिका मिश्रले पनि नगर प्रमुख पदमा विद्रोही उम्मेदवारी दिनुभएको जनाएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान