
लमजुङको सुन्दरबजारमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर ः सन्देश पौडेल, लमजुङ, रासस
लमजुङ (बेसीसहर), २८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीमा विद्रोही हुनेलाई कडा कारबाही हुने बताउनुभएको छ ।
जिल्लाको सुन्दरबजार नपामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘काँग्रेसलाई पराजित गर्ने मानसिकता भएकालाई पार्टीमा राख्नुको कुनै औचित्य हुँदैन ।’
बागी बनेर असहयोग गर्नेलाई कडाभन्दा कडा अनुशासनको कारबाही हुन्छ भन्दै सभापति देउवाले अझै पनि समय छ, फिर्ता भई पार्टीमा सघाउन विद्रोही उम्मेदवारलाई आग्रह गर्नुभयो ।
उहाँले काँग्रेस नेतृत्वमा निर्माण भएको संविधान अक्षरशः कार्यान्वयका लागि सबै स्थानीय तहमा काँग्रेसकै जित हुनुपर्नेमा जोड दिदैं ‘स्थानीय तह अधिकार सम्पन्न भएका छन्, जनतामा अधिकार अनुभूतिका लागि काँग्रेसले नै निर्वाचनमा जित्नुपर्छ भन्नुभयो ।’
काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, जिल्ला सभापति भेषबहादुर पौडेल, पूर्व जिल्लासभापति शङ्करकान्त जोशी र तुलसी नारायण श्रेष्ठ लगायतले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातासंग आग्रह गर्नुभयो ।
सुन्दरबजार नगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसबाट बद्रीमान श्रेष्ठ र उपप्रमुखमा ज्ञानु शाहलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस नगर सभापति द्वारिका मिश्रले पनि नगर प्रमुख पदमा विद्रोही उम्मेदवारी दिनुभएको जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता