
पोखरामा बुधबार २५६१ औं बुद्ध जयन्तीको अवसरमा निकालिएको शान्ति पदयात्रामा सहभागीहरु । तस्बिर ः निमदत्त सुवेदी, रासस
काठमाडौँ, २७ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज विशेष बुद्ध पूजा सुरु गरेको छ ।
महासमितिले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन उक्त स्थानमा बुद्धाचार्य समाजको सहयोगमा विधिविधानपूर्वक बुद्धपूजा गर्ने गर्दछ । त्यस क्षेत्रमा आज साँझसम्म करिब एक लाख भक्तजनले दर्शन गर्ने महासमितिले जनाएको छ ।
उक्त स्थानमा काठमाडौँ तथा त्यसवरपर क्षेत्रबाट भक्तजनको भीड लागेको छ । स्वयम्भूमा रङ्गरोङ्गन तथा सरसफाइसमेत गरिएको छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा निःशुल्क पानी वितरण, खिर भोजनसमेत गराइएको छ ।
महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधर, उपाध्यक्ष ज्ञानु लामा, कोषाध्यक्ष पुण्यसागर लामालगायतका पदाधिकारी त्यहाँ आउने भक्तजनको सुविधाका लागि स्वयम्सेवकका रुपमा खटिनुभएको छ । आकस्मिक घटना घट्न सक्ने सम्भावनालाई दृष्टिगत गरी एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ ।
नकःमि समाज सेवा पूचःले शान्तिपोखरी नजिकै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो पूचःका उपाध्यक्ष चन्द्रलाल नकर्मीले रगतको अभाव रहेको समाचार सुन्नमा आएकाले आजको दिन पारी सो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
महासमितिले शान्तिका उपदेश तथा नैतिक शिक्षालाई फैलाउने उद्देश्यले आजको दिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । सोही सन्दर्भमा आजका दिन पर्यटकलाई उक्त सम्पदास्थलमा निःशुल्क दर्शनको व्यवस्था गरिएको जनाइएको छ भने आज साँझ दीपावली गर्ने कार्यक्रम छ ।
हेटौँडा, २७ वैशाख । २५६१औँ बुद्ध जयन्तीका अवसरमा हेटौँडा उपनगरपालिका–२, ४, ९ र १० मा रहेको बुद्ध विहारमा आज बिहानैदेखि भक्तजनले पूजाआजा र अर्चना गरेका छन् ।
सोही उपलक्ष्यमा वडा नं १० स्थित गोरेश्वर मन्दिरको प्राङ्गणबाट आज बिहान निस्केको भक्तजनको झाँकीसहितको ¥यालीले स्थानीय नगरको परिक्रमा गरी वडा नं ४ स्थित कमलडाँडाको बौद्ध विहारमा पुगी विसर्जन गरिएको थियो ।
धार्मिक रयालीमा मकवानपुरका प्रजिअ नारायणप्रसाद शर्मा, प्रहरी उपरीक्षक वसन्त लामा एवम् विभिन्न कार्यालयका प्रमुख, उद्योगपति, व्यापारी र सञ्चारकर्मीको सहभागिता थियो ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा