काठमाडौँ, २१ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उहाँले राजीनामा फिर्ता लिनुभएको हो ।
गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले भन्नुभयो, ‘प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार हुनुभएको हो ।’ देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिनुभएको प्रेस संयोजक दाहालले बताउनुभयो ।
गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिनुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा