काठमाडौँ, २१ वैशाख । अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ ।
वसन्त ऋतु (स्प्रिङ) को यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह (टोली) का ७४३ स्वदेशी तथा विदेशी आरोही गन्तव्य चुम्ने तर्खरमा छन् । यीमध्ये ४० वटा समूहका ३७३ जना सगरमाथा आरोहणका लागि गएका छन् । आरोहण अनुमति लिने क्रम अझै जारी रहेकाले आरोहणको अवधिसम्म यो सङ्ख्या बढ्ने पर्यटन विभागले जनाएको छ ।
पर्यटन विभागको विवरणअनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा नेपालसहित ३० देशका ४०० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । एघार दिनसम्म चलेको सगरमाथा आरोहणका लागि ३४ समूहको सहभागिता थियो ।
विभागका निर्देशक एवम् प्रवक्ता दुर्गादत्त ढकालले यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता रहेकाले अघिल्लो मौसममा भन्दा आरोही बढ्ने बताउनुभयो ।
उहाँका अनुसार यो मौसममा सगरमाथा आरोहणका लागि गएका आरोही अहिले तेस्रो क्याम्पसम्म पुगिसकेका छन् । अबको दुईसातापछि उनीहरु मौसम अनुकूल पारेर सगरमाथाको चुचुरोमा पुग्नेछन् ।
त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको आरोहणका लागि पनि समूह–समूहमा आरोही गएका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा