काठमाडौँ, २१ वैशाख । अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ ।
वसन्त ऋतु (स्प्रिङ) को यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह (टोली) का ७४३ स्वदेशी तथा विदेशी आरोही गन्तव्य चुम्ने तर्खरमा छन् । यीमध्ये ४० वटा समूहका ३७३ जना सगरमाथा आरोहणका लागि गएका छन् । आरोहण अनुमति लिने क्रम अझै जारी रहेकाले आरोहणको अवधिसम्म यो सङ्ख्या बढ्ने पर्यटन विभागले जनाएको छ ।
पर्यटन विभागको विवरणअनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा नेपालसहित ३० देशका ४०० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । एघार दिनसम्म चलेको सगरमाथा आरोहणका लागि ३४ समूहको सहभागिता थियो ।
विभागका निर्देशक एवम् प्रवक्ता दुर्गादत्त ढकालले यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता रहेकाले अघिल्लो मौसममा भन्दा आरोही बढ्ने बताउनुभयो ।
उहाँका अनुसार यो मौसममा सगरमाथा आरोहणका लागि गएका आरोही अहिले तेस्रो क्याम्पसम्म पुगिसकेका छन् । अबको दुईसातापछि उनीहरु मौसम अनुकूल पारेर सगरमाथाको चुचुरोमा पुग्नेछन् ।
त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको आरोहणका लागि पनि समूह–समूहमा आरोही गएका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान