काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि बढेको बताउनुभएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ३९ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले यही वैशाख ३१ गतेको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता बढेकाले मुलुक संविधान कार्यान्वयनको सङ्कल्पसहित अगाडि बढेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयनका लागि स्वतन्त्र, स्वच्छ, भयरहित एवम् सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दोहोरयाउँदै हिमाल, पहाड र तराई एवम् सबै समुदाय निर्वाचनमा अगाडि बढेको विचार व्यक्त गर्नुभयो ।
मुलुकको समग्र आर्थिक प्रगति सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेकाले उक्त कार्यमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले वर्तमान सरकारले लिएको नीति तथा प्रक्रियागत सुधारका कारण मुलुकको आर्थिक वृद्धिदर करिब सात प्रतिशत रहने र मुद्रास्फीति औसतमा लक्ष्यभन्दा कम रहने अवस्था आएको बताउँदै न्यूनतम ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले काठमाडौँ–तराई द्रुतमार्ग, निजगढ र पश्चिम सेतीजस्ता आयोजना अगाडि बढ्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दैै एक महिनाभित्र सम्बन्धित आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहसम्मलाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न र सोहीअनुसारको योजना पनि निर्माण गर्न अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिदैं उहाँले पूर्वाधार तथा सञ्चारलगायतका उपभोक्तासँग सम्बन्धित निकायले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सहभागी मन्त्रीले राष्ट्रिय गौरवका आयोजना र समग्र समस्याका बारेमा जानकारी गराउनुभयो ।
आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले चालु आर्थिक वर्षमा सञ्चालित ४८४ आयोजनाको प्राथमिकीकरण, वार्षिक बजेटको तुलनामा दोस्रो चौमासिकको खर्चस्थिति एवम् पहिलो प्राथमिकता प्राप्त आयोजनाको प्रगतिका विषयमा जानकारी दिनुभयो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान