
सङ्घीय समाजवादी फोरमले बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस
काठमाडौँ, २० वैशाख । सङ्घीय समाजवादी फोरम, नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाउनु अघि नै संविधान संशोधन गर्नुपर्ने माग गरेको छ ।
फोरमले आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले सरकारले दुई चरणको निर्वाचनका बीचमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकाले पहिलो चरणको निर्वाचन प्रक्रियामा भाग लिएको जानकारी गराउनुभयो ।
“सबै जातजातिलाई समानता र सामाजिक न्याय नभएसम्म दलले उठाएका मुद्दा छोड्दैन, मधेसी मोर्चाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहनेमा हाम्रो दल दृढ छ, केही दलले मोर्चाको औपचारिक बैठक समेत नबसी औचित्य समाप्त भयो भन्नु दुःखद् छ, मोर्चाको औचित्य छैन भन्ने आफैँ समाप्त हुन्छ” – उहाँले भन्नुभयो ।
मोर्चाको बैठक समेत नबसी केही दलले सरकारलाई गरेको समर्थनप्रति पनि नेता यादवले आपत्ति जनाउनुभयो । प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावले लोकतन्त्र र न्यायिक स्वतन्त्रतामाथि आक्रमण गरेको दाबीसमेत उहाँले गर्नुभयो ।
मोर्चामा कृत्रिम विवाद सिर्जना गरेर प्रतिगामी शक्तिलाई सहयोग पुरयाउन खोजिएको नेता यादवको भनाइ थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता