काठमाडौँ, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाभियोगको विपक्षमा तथा संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठका अनुसार स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने तथा सांसद रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । अघिल्लो दिन बसेको संसदीय दलको बैठकमा अनुपस्थित भएका कारण उहाँहरुलाई स्पष्टीकरण लिन लागिएको हो ।
पार्टीका तर्फबाट व्यवस्थापिका–संसद्मा ३७ सांसद छन् । तीमध्ये पार्टी अध्यक्ष कमल थापा तथा नेता दीपक बोहरा, विक्रम पाण्डे, दिलनाथ गिरी र परशुराम तामाङ सरकारमा सहभागी हुनुहुन्थ्यो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने