लन्डन । बेलायतस्थित समाजसेवी इशा गुरुङ यतिखेर क्यान्सर पीडित एक युवतीका लागि आर्थिक सहयोग जुटाउन क्रियाशिल भएकी छन् ।
क्यान्सर पीडित १९ वर्षीया पोखरेली युवती प्रिया गुरुङको उपचारार्थ उनले चन्दा संकलन अभियान थालेकी हुन् । प्रियाको हाल भारतमा उपचार भइरहेको छ । फेसबुकबाटै अभियान शुरु गरेर चार दिनमा उल्लेख्य सहयोग आएको उनले बताइन् । दुई सातासम्म अभियान जारी राख्ने उनको सोच छ ।
उनले हालसम्मका दाताहरुप्रति आभार व्यक्त गर्दै बेलायतबासी समस्त नेपालीहरु समक्ष सहयोगको अपिल समेत गरेकी छन् । ‘मानव सेवा नै ठूलो धर्म र सेवा हो’, उनी भन्छिन्, ‘हामी प्रवासमा बसेर देश र अप्ठेरो परेका नेपालीलाई गर्ने सेवा यो भन्दा ठूलो अरु हुन सक्दैन ।’
उनले फेसबुक आफ्ना लागि एउटा च्यारेटी संस्था जस्तै भएको पनि बताइन् । ‘सयौं सहयोगी साथ पाएर उत्साहित छु’, उनले भनिन्, ‘संकलित रकम पारदर्शी ढंगले सार्वजनिक गर्छु ।’ क्यान्सर पीडितका लागि इशाको यो दोश्रो अभियान हो । यसअघि उनले एमाले नेतृ शान्ता चौधरीलाई पनि सहयोग गरेको बताइन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस