काठमाडौँ, १६ वैशाख । नेकपा (एमाले)को स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ ।
‘बैठकले सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्न राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ,’ पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो ।
पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्योल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट षड्यन्त्र भएको आरोप लगाउँदै त्यसलाई असफल पार्दै घोषित मिति २०७४ वैशाख ३१ मा नै निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।
उम्मेदवारी चयनबारे छलफल
बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नंम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारका बारेमा प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मतरुपमा सबै उम्मेदवार निर्णय भइसकेको छ ।
यसैगरी, प्रदेश नम्बर–३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मतरुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र भोलिसम्ममा त्यसलाई टुङ्गो लगाइने सो पार्टीले जनाएको छ ।
एमालेमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवारको टुङ्गो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशतभन्दा बढी स्थानमा उम्मेदवार सर्वसम्मतरुपमा चयन भएका छन् । थोरै स्थानमा बाँकी रहेका उम्मेदवारको चयन आइतबारसम्ममा गरिने बताइएको छ । प्रदेश नम्बर–४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ ।
घोषणापत्र आइतबार
एमालेको स्थायी कमिटीबाट पारित पार्टीको स्थानीय निर्वाचनको घोषणापत्रलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम छ ।
संविधान संशोधनका लागि ४७ संशोधन प्रस्ताव दर्ता
व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ ।
संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा आज साँझसम्म प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका दलबाट ४७ वटा संशोधन दर्ता भएको संसद् सचिवालयका सहायक प्रवक्ता डिल्लीराम रिजालले जानकारी दिनुभयो ।
संशोधन दर्ता अवधि आज राति १०ः३० बजेसम्म भएकाले यो सङ्ख्या बढ्नसक्ने उहाँले बताउनुभयो । दर्ता भएका संशोधन प्रस्ताव के–कस्ता विषयमा कति छन् भनेर आइतबार मात्रै यकीन हुने र सोको आवश्यक प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ ।
सहायक प्रवक्ता रिजालका अनुसार प्रतिपक्षी दलबाट बढी संशोधन आएको छ ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा