काठमाडौँ, १६ वैशाख । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हजार २८० व्यक्तिको सहभागिता थियो । वाग्मती सफाइ महाअभियानको २०७ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५५० जनाको सहभागिता रहेको अभियन्ता उमेश बोहराले राससलाई जानकारी दिनुभयो ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत संस्थाको संस्थागत सहभागिता थियो । पूर्वसचिव डा कृष्णचन्द्र पौडेलले सपथ खुवाएपछि सफाइ सुरु भएको थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ सुरु भएको १६८ औँ हप्तामा आज गोठाटार पुल मुनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले अयोजना गरेको सफाइमा २०० व्यक्तिको सहभागिता थियो ।
रुद्रमती सफाइको १६६ औँ हप्तामा आज रातोपुलबाट सेतोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा सेना, प्रहरी, सशस्त्र प्रहरी बललगायत रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियानको सहभागिता थियो । विष्णुमती सफाइको १३८ औँ हप्तामा आज तारकेश्वर नगरपालिकामा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५०० जनाको सहभागिता थियो ।
विष्णुमती सफाइमा आज पहिलोपटक नेपाली सेना पनि सहभागी भएको छ । तिलगङ्गा महिला समूहले तिलगङ्गामा आयोजना गरेको ११५ औँ हप्ताको वाग्मती सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ३० जना महिलाको सहभागिता थियो ।चक्रपथ सफाइको तेस्रो साता आज बसुन्धरा क्षेत्रमा सफाइ गरी २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ७०० स्वयम्सेवक सहभागी थिए ।
विसं २०७० जेठ ५ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान र त्यसपछि सुरु भएका उपत्यकाका विभिन्न नदी सफाइ अभियानमा हालसम्म सात लाख २१ हजार ९३० स्वयम्सेवकले सहभागिता जनाएका छन् ।
उपत्यकामा वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई पोखरा, झापा र तुलसीपुरलगायत २६ स्थानमा सफाइ भइरहेको छ । यी अभियानबाट दश हजार ४९७ फोहर व्यवस्थापन भएको सफाइ महाअभियानले जनाएको छ ।
आगामी शनिबार २०८ औँ हप्ताको वाग्मती सफाइ थापाथली पुल पारि ललितपुरतर्फ हुने पनि आजको सफाइका अवसरमा जानकारी गराइयो ।
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो