
वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मक्तव्य गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नजिकिएको स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीबारे पार्टीका पदाधिकारी तथा नेतासँग आज परामर्श गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा सशाङ्क कोइरालासहितका पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।
बैठकमा विशेष गरी निर्वाचनको आन्तरिक तयारी र पार्टीले खेल्नुपर्ने भूमिकाबारे परामर्श भएको केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले राससलाई जानकारी दिनुभयो ।
बैठकमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा मधेसी मोर्चाका नेतासँग भएको कुराकानीबारे समेत विचार विमर्श भएको थियो ।
पछिल्लो केहीदिनयता निर्वाचनको पक्षमा माहोल बनाउन सभापति देउवाले पार्टीभित्र र बाहिर विभिन्न पक्षसँग आन्तरिक र बहुपक्षीय संवाद गर्दै आउनुभएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान