
वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मक्तव्य गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नजिकिएको स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीबारे पार्टीका पदाधिकारी तथा नेतासँग आज परामर्श गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा सशाङ्क कोइरालासहितका पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।
बैठकमा विशेष गरी निर्वाचनको आन्तरिक तयारी र पार्टीले खेल्नुपर्ने भूमिकाबारे परामर्श भएको केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले राससलाई जानकारी दिनुभयो ।
बैठकमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा मधेसी मोर्चाका नेतासँग भएको कुराकानीबारे समेत विचार विमर्श भएको थियो ।
पछिल्लो केहीदिनयता निर्वाचनको पक्षमा माहोल बनाउन सभापति देउवाले पार्टीभित्र र बाहिर विभिन्न पक्षसँग आन्तरिक र बहुपक्षीय संवाद गर्दै आउनुभएको छ ।
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो