काठमाडौँ, १४ वैशाख । नेपाली काँग्रेसले स्थानीय सरकारको पाँच वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीलाई शतप्रतिशत साक्षर गराउने सङ्कल्प गरेको छ ।
काँग्रेसले प्रत्येक स्थानीय तहमा माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ गराउनुका साथै १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका युवालाई लक्षित गरी तरूण सीपवृत्ति योजनाअन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराइने घोषणापत्रमा सङ्कल्प गरेको छ ।
स्थानीय तहमा रोजगारमूलक तथा स्व-उद्यम प्रवद्र्धन गर्ने प्राविधिक एवम् सीप सिकाइ शिक्षालयको व्यवस्था गरी युवालाई रोजगारमुखी सीपमूलक तालिम दिइने काँग्रेसको घोषणापत्रमा उल्लेख छ ।
‘नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरिसकेको छ ।
निजी क्षेत्रलाई रोजगारमुखी प्राविधिक शिक्षालय खोल्न प्रोत्साहन गरिनुका साथै ‘एक विपन्न परिवार- सीप सिकाइ केन्द्रमा एक निःशुल्क अवसर’ कार्यक्रम लागू गरिने पनि सङ्कल्प गरिएको छ ।
काँग्रेसले शिक्षालाई रोजगारीसँग जोड्न युवा विद्यार्थी, विद्यालय र बंैकिङ एवम् व्यावसायिक प्रतिष्ठानलाई संलग्न गरी युवा रोजगारी प्रोत्साहित गर्ने नीति अवलम्बन गर्ने जनाएको छ ।
माध्यमिक शिक्षाको राष्ट्रिय मानक निर्धारण र विकासका लागि सङ्घीय शिक्षा आयोग गठन गरी निश्चित विषयको पठनपाठन राष्ट्रिय रुपमा एकैप्रकारका हुनेगरी स्थानीय सरकारले आवश्यकताअनुसार थप विषय अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइने काँग्रेसले प्रतिबद्धता गरेको छ ।
निर्वाचनमा पार्टीले आधारभूत तहमा तालिम प्राप्त र विषयगत योग्यता भएका शिक्षकको व्यवस्था र आधुनिक प्रविधिमार्फत शिक्षणको व्यवस्था गर्न पुराना स्थायी शिक्षकलाई स्वेच्छिक अवकाशको व्यवस्था गरी नयाँ शिक्षक भर्नाद्वारा शिक्षक रुपान्तरणको योजना अघि सारेको छ ।
साथै लोकतन्त्र, शान्ति, मानवअधिकार, नैतिक शिक्षा र अहिंसाजस्ता अवधारणालाई विद्यालयस्तरको शैक्षिक पाठ्यक्रममा समावेश गरिने घोषणापत्रमा उल्लेख छ ।
काँग्रेसले पार्टीको नेतृत्वमा सबै स्थानीय तहमा वाइफाइ इन्टरनेट र आधुनिक पुस्तकालयसहितको एउटा सामुदायिक स्रोतकेन्द्र बनाइने र एक वडा–एक पुस्तकालय एव्म एक वडा–एक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापनामा गर्ने योजना अघि सारेको छ ।
एक टोल–एक शिशु विकास केन्द्र कार्यक्रम सञ्चालन गरी न्यून एवम् मध्यम आय भएका परिवारका शिशुको प्रारम्भिक शिक्षालाई समेत सहज बनाइ बालबालिकाको शिक्षाको निरन्तरताका लागि आमालाई नगद प्रोत्साहन दिइने काँग्रेसको कार्यक्रम छ ।
विद्यालयको प्राथमिक तहदेखि नै नेपालीबीच प्रचलनमा रहेका विभिन्न जाति, भाषा र संस्कृति तथा सांस्कृतिक–ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनसम्बन्धी शिक्षालाई अनिवार्य गरिने घोषणापत्रमा जनाइएको छ ।
घोषणापत्रमा उल्लेख भएअनुसार काँग्रेस नेतृत्वको स्थानीय सरकारले शौचालय, सुरक्षा एवम् यातायातको अभावबाट छात्राको अध्ययनमा असर पर्न नदिन विशेष व्यवस्था गरी भर्ना र उत्तीर्ण दरलगायत अन्य सूचकमा छात्र र छात्राबीच स्थानीय तहमा रहेका सबै प्रकारका विभेदको अन्त्य गर्नेछ ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो